चैत ८, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ८, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी महानिरीक्षक बन्न सिलवाललाई बाटो खुल्ला

८ चैत्र २०७३, मंगलवार १३:२२


चैत ८, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका बहालवाला प्रहरीनायब महानिरीक्षकमध्ये योग्यतम् तथा चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा प्रतिस्पर्धीमध्ये उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको छ । 

गत फागुन १ गते मन्त्रिपरिषद्ले प्रहरीनायब महानिरीक्षक जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णयलाई उत्प्रेषणको आदेशले आज बदर गरी कार्यसम्पादनका आधारमा उच्चतम अङ्क ल्याउने मध्येबाट बढुवा गर्न सरकारका नाममा परमादेश जारी गरेको हो । 

प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासले प्रहरी नियमावली, २०७१ को नियम ४१ को प्रावधानको समुचित परिपालना गरी, न्यायका मान्य सिद्धान्त, सुरक्षा निकायको नियन्त्रण कडीलाई समेत ध्यान दिएर उच्चतम् अङ्क प्राप्त गर्नेलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न आदेश दिएको हो । 

आदेशमा भनिएको छ, ‘प्रहरी नियमावलीका आधारमा ज्येष्ठता, कार्यसम्पादनसम्बन्धी योग्यतातर्फ दृष्टिगत गर्दा नवराज सिलवाल नै अग्रस्थानमा रहेको देखियो ।” 

आदेशमा आर्थिक वर्ष २०६९/७० देखि २०७२/७३ सम्म चार वर्षको कुल औसत अङ्क हेर्दा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने व्यक्ति सिलवाल, दोस्रोमा प्रकाश अर्याल, तेस्रोमा बमबहादुर भण्डारी र चौथोमा जयबहादुर चन्द रहेको उल्लेख छ । तर मन्त्रिपरिषद्ले निर्णय गर्दा प्रहरी नियम ४१ ले बढुवा गर्दा प्रक्रियामा कार्यसम्पादन मूल्याङ्कनका पक्षमा कुनै दृष्टि नदिइएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्ले कार्यसम्पादन मूल्याङ्कनमा सम्पूर्णरुपमा अन्देखा गरेको पाइयो, यसलाई उचित मान्न सकिएन ।’ 

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो अर्थात् सबैभन्दा बढी अङ्क प्राप्त गरेका व्यक्तिलाई छाडेर चौथो क्रमका व्यक्तिलाई बढुवा गर्नुबाट निर्णयकर्ताको स्वेच्छाचारिका प्रमाणित भएको देखिएको बताइएको छ । 

प्राप्त पुरस्कार, विभूषण, प्रशंसा आदिका दृष्टिले पनि सिलवाल अब्बल देखिएको उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘कार्यसम्पादन, वरियता र ज्येष्ठताका आधारमा नगरी चारौँ स्थानका चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय त्रुटिपूर्ण र कानुन प्रतिकूल देखिन आयो ।’ 

आदेशमा रिट निवेदक सिलवालउपर अनुचित भेदभाव हुन पुगेको देखिएको र वरिष्ठताको पहिलो क्रममा रहेका व्यक्तिउपर समानताको व्यवहार नभएको साथै अनुचित र अन्यायपूर्ण व्यवहार देखिएको उल्लेख छ । 

अधिवक्ता कपिलदेव ढकाल र प्रतिस्पर्धी स्वयम् सिलवालले प्रहरी नियमावलीविपरीत सरकारले चन्दलाई प्रहरीमहानिरीक्षकमा बढुवा गरेको भन्दै सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थियो । 

नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…