१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्यो

११ चैत्र २०७३, शुक्रबार ०५:५५

पुरुषोत्तम सुवेदी/चैत ११, नवलपरासी । सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ । 

राज्य पुनर्संरचनाअन्तर्गत जिल्लामा हाल सातवटा नगरपालिका र आठवटा गाउँपालिका भएका छन् । आ–आफ्नो गाउँ तथा नगरपालिकामा गाउँपालिका प्रमुख तथा नगरपालिकाको प्रमुखका रुपमा आकाङ्क्षी देखिएका आकाङ्क्षी आ–आफ्नो तरिकाले मतदाता रिझाउन लागेका छन् । १९ वर्षपछि हुन लागेको निर्वाचनमा पार्टीगतभन्दा पनि तटस्थ मतदाताको मत निर्णायक हुनेमा मधेसकेन्द्रित दलबाहेक अरू सबैजसो दलका जिल्ला नेता सहमत देखिएका छन् । 

विशेषगरी आफ्नो दलबाट उम्मेदवार बन्न जिल्लाबाट प्रतिनिधित्व गरेका केन्द्रीयस्तरका नेता र निर्वाचित सांसद कहाँ टिकट प्राप्त गर्नका लागि आकाङ्क्षी दौडधुपमा व्यस्त छन् । सबैभन्दा बढी स्थानीय आकाङ्क्षी देखिएको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, बर्दघाट, रामग्राम र सुनवल नगरपालिकामा नेतृत्वमा पुग्न पुराना र नयाँ अनुहारको हानथाप सुरु भएको छ । 

प्रदेश नं ४ मा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका परेका छन् जसअन्तर्गत ५९ हजारभन्दा बढी जनसङ्ख्या रहेको गैँडाकोट नगरपालिकामा सबै दलमा उम्मेदवारको टुङ्गो लगाउन दललाई हम्मेहम्मे पर्ने अवस्था छ । 

गैँडाकोट नगरपालिका नेपाली काँग्रेसका लागि सबैभन्दा पकड भएको मानिएको र मुकुन्दपुर, अमरापुरी र रतनपुर गाविसका केही वडा गाभिएर बनेको गैँडाकोट नगरपालिकामा काँग्रेसलाई चुनौती दिन अन्य सबै दल एक प्यानल बन्ने कसरतमा देखिएका छन् । 

गैँडाकोटमा काँग्रेसविरुद्ध एमाले, माओवादी केन्द्र र अन्य नौवटा साना दलको मोर्चाबन्दी हुने सम्भावना बढी छ । त्यहाँ काँग्रेसबाट मेयरमा युुवा पुस्ताका चर्चित उम्मेदवार केशव सापकोटा, पुराना नेता मदनभक्त अधिकारी, ओमप्रसाद सापकोटा, गजेन्द्र आलेमगर र क्षेत्रीय सभापति द्रोण बन सन्यासीको नाम चर्चामा छ । 

स्थानीयस्तरमा सामाजिक विकास र विभिन्न राजनीतिका विभिन्न तहमा कुशल नेतृत्व प्रदान गरिसकेका केशव सापकोटालाई काँग्रेसले अघि सार्नुपर्ने भन्दै केही युवा जमात पनि लबिङमा लागेका छन् । काँग्रेससँग दरिलो, दाबेदार एमालेमा पनि उम्मेदवार बन्न हानथाप उस्तै छ । एमालेबाट मेयरमा छत्र पौडेल र यमुनाथ आचार्य मुख्य दाबेदार देखिएको एमाले जिल्ला नेतृत्वले जानकारी दिएको छ । 

जनजातिको मत निर्णायक रहेको र २७ हजारभन्दा बढी मतदाता रहेको देवचुली नगरपालिकामा जनजातिका मत तान्न सक्ने उम्मेदवारको खोजीमा सबै दल लागेका छन् । 

देवचुलीमा काँग्रेसबाट हेमराज कोइराला, डिल्लीराम कडरिया टिकट दाबी गर्दै नेताको घरदैलोमा टिकटका लागि दौडधुप गरेका छन् । देवचुलीमा एमालेबाट निर्वाचनमा मेयरको उम्मेदवार बन्ने आकाङ्क्षाका कारण शिक्षक खिमानन्द भुसालले राजीनामा स्वीकृत गराएर बसेका छन् । नवलपरासीको पूर्वी भागको कावासोती नगरपालिकामा ती तीनवटै दलमा उम्मेदवार दिने आकाङ्क्षी बढी देखिएका छन् । 

काँग्रेसबाट मेयरको उम्मेदवार बन्न झपीन्द्र भुसालले कुमारवर्ती क्याम्पस प्रमुखबाट राजीनामा दिएका छन् । कावासोतीमा मेयरका लागि काँग्रेसमा नयाँ पुस्ताको हानथाप नै देखिएको छ । मेयरमा काँग्रेस पार्टीका जिल्ला सचिव बालकृष्ण घिमिरे, महेन्द्र पोख्रेल र महिला सङ्घकी जिल्ला सचिव सरस्वती तिमिल्सिनाको नाम चर्चामा छ । 

कावासोतीमा एमालेबाट दुर्गा भण्डारी र दीपक लम्साल चर्चामा देखिएका छन् । साबिकका शिवमन्दिर, कावासोती, अग्यौली, पिठौली र कुमारवर्ती गाविस मिलाएर बनाइएको कावासोती नगरपालिकामा आ–आफ्नै दाबी रहेको छ । 

प्रदेश नं ५ क्षेत्रमा पर्ने अर्थात् दाउन्नेपारिको रामग्राम, सुनवल र बर्दघाट गरी तीनवटा नगरपालिका यतिबेला विभिन्न दल निटकका नेता, मेयर वा नगर प्रमुखका आकाङ्क्षी देखिएका छन् । तीमध्ये नेपाली काँग्रेसका तर्फबाट नरेन्द्रकुमार गुप्ता र बैजनाथ जयसवाल चर्चामा छन् । यद्यपि जयसवाललाई गत संविधान सभामा निर्वाचन क्षेत्र ४ का बागी उम्मेदवारलाई सहयोग गरेको आधारमा केन्द्रीय समितिबाट कारबाही पनि भएको थियो । 

यस्तै, नेकपा (एमाले)का तर्फबाट दीपेन्द्र यादवको नाम चर्चामा छ । त्यस्तै माओवादी केन्द्रबाट बुद्धन अलि चर्चामा छन् । मधेसी मोर्चाले भने स्थानीय निर्वाचनमा भाग नलिने बताउँदै आए पनि यद्यपि आफ्ना माग पूरा हुने गरी संविधान संशोधन गरेर सरकारले निर्वाचन गरेमा निर्वाचनमा सहभागी बन्ने सम्भावना छ । सो अवस्थामा मधेसी मोर्चा एक भएर सत्रजित यादवलाई मेयरमा अघि सार्ने चर्चा छ । 

त्यस्तै, सुनवल नगरपालिकाको मेयरमा काँग्रेसका तर्फबाट अर्जुनकुमार पोखरेल, भीमबहादुर थापा (भरत)को नाम चर्चामा छ । एमालेबाट थानप्रसाद गैरे, बिमला अर्याल, उमानाथ पोख्रेल, बिमला अर्याल मेयर पदको आकाङ्क्षी देखिएका छन् । यस्तै, माओवादी केन्द्रबाट भविश्वर तिवारी र डोलराज भण्डारीको नाम चर्चामा छ । 

यसैगरी, बर्दघाट नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा शम्भुलाल श्रेष्ठ, विश्वप्रेम पाठक, इन्द्र सापकोटाको नाम चर्चामा छ । एमालेबाट रुक्मागत ज्ञवाली, दीपेन्द्र अधिकारी र धिरज शर्माको नाम चर्चामा छन् । माओवादी केन्द्रबाट रुद्रप्रकाश उपाध्याय मेयरका आकाङ्क्षी देखिएका छन् । 

जिल्लामा तीनलाख ७३ हजार मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । जिल्लाभरि दुईसय ३७ वटा मतदानस्थल तोकेको छ भने ती स्थलमा करिब पाँचसय मतदान केन्द्र रहने कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का