ताराबहादुर महत,चैत्र ११ । दोलखा । तीन बर्षको अवधिमा दोलखामा २३ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

२०७० को संविधानसभा निर्वाचन बेला १ लाख ११ हजार ६५ जना मतदाता रहेको दोलखामा २०७३ फागुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत,चैत्र ११ । दोलखा । तीन बर्षको अवधिमा दोलखामा २३ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

२०७० को संविधानसभा निर्वाचन बेला १ लाख ११ हजार ६५ जना मतदाता रहेको दोलखामा २०७३ फागुन"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा तीन बर्षमा २३ हजार बढी मतदाता थपिए

२०७३, ११ चैत्र शुक्रबार ०९:५६

ताराबहादुर महत,चैत्र ११ । दोलखा । तीन बर्षको अवधिमा दोलखामा २३ हजार बढी नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

२०७० को संविधानसभा निर्वाचन बेला १ लाख ११ हजार ६५ जना मतदाता रहेको दोलखामा २०७३ फागुन सम्मको तथ्याङ्क अनुसार १ लाख ३४ हजार ५ सय ६३ जना मतदाता रहेका छन । यो तथ्याङ्क २०७० को भन्दा २३ हजार ४ सय ९८ ले बढी छ । पछिल्लो तथ्याङ्क अनुसार कुल मतदातामध्ये महिला ६८ हजार ४ सय ३५, पुरुष ६६ हजार १ सय २६ र तेश्रो लिङ्गि २ जना रहेका जिल्ला निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी लेखबहादुर बस्नेतले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले चैत्र २० गतेसम्म हरेक मतदाताको नाम सम्बन्धित ठेगानामा पठाएर मतदाता नामावलीलाई अन्तिम रुप दिने भएकोले केहि संख्या तलमाथि हुनसक्ने उहाँको भनाई छ । नेपालको संविधानमा १८ बर्ष पुरा भएको नागरिकले मात्र जनप्रतिनिधि छनौटका लागि मतदान गर्न पाउने व्यवस्था छ ।

आगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानिय तहको निर्वाचनका लागि दोलखाका २ नगरपालिका र ७ गाउँपालिकामा ९४ वटा मतदानस्थल र १ सय ८८ वटा मतदान केन्द्र सिफारिस गरि आयोगमा पठाईएको सुचना अधिकारी बस्नेतले बताउनुभयो । मतदानस्थल राख्नको लागि  सामान्यतया मतदाताको स्थायी बसोबास भएको ठाउँ र मतदान केन्द्रको दुरी बढीमा ५ किलोमिटर हुनुपर्ने मापदण्ड आयोगले बनाएको छ ।

आगामी निर्वाचनमा दोलखामा २० वटा राजनितिक दलले भाग लिन पाउने भएका छन । २०७० मा सम्पन्न संविधान सभाको दोश्रो निर्वाचनमा दोलखाबाट २३ दलले भाग लिएका थिए ।

नगरपालिका÷गाउपालिकागत रुपमा मतदाता, मतदानस्थल र केन्द्रको विवरण यसप्रकार छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की