१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका विवादित मतदान केन्द्रमा सहमति जुट्यो

११ चैत्र २०७३, शुक्रबार ११:३८

चैत ११, बैतडी । बैतडीमा एकसय २० मतदान केन्द्र सिफारिस गर्ने राजनीतिक दलहरुबीच सहमति भएको छ । 

मतदान केन्द्र सिफारिस समितिले साविकका मतदान केन्द्रमध्ये २३ केन्द्रलाई हेरफेर गरी फेरि पनि १२० मतदान केन्द्रमै सहमति गरेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

“साण्विकका वडा तथा गाविस नयाँ संरचनाअनुसार टाढा पर्न गएकाले हेरफेर गरिएको हो,” उहाँले भन्नुभयो – “साविकको केन्द्रबाट २३ केन्द्र हटेको तर हेरफेर गरी नयाँ संरचनाअनुसार पुनः २३ वटै थपिएका हुन् ।” 

यसअघि विवाद देखिएको डिलासैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिकाका मतदान केन्द्रमा स्थलगत अध्ययन गरी सहमति कायम गरेको बताइएको छ । 

यसअघि दलहरुले २०७० सालमा तय भएका मतदान केन्द्र थप्नुपर्र्ने अडान लिएपछि सहमति हुन सकेको थिएन । बैतडीमा २०७० सालमा संविधानसभाको निर्वाचन हुँदा १२० मतदान केन्द्र रहेका थिए । 

स्थानीय तह पुनःसंरचना आयोगले बैतडीमा चार नगरपालिका र छ गाउँपालिका सिफारिस गरेको छ । जिल्लामा ६५ हजार ९३२ महिला, ६२ हजार ८५० पुरुष र एकजना तेस्रोलिङ्गी गरी एक लाख २८ हजार ७८३ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय, बैतडीले जनाएको छ । 

आसन्न स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गते निर्वाचनमा सहभागी हुन बैतडीमा विभिन्न १२ दलले नाम दर्ता गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का