चैत ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । 
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चालाई बाहिर राखेर निर्वाचनमा जानु हुँदैन: कोइराला

११ चैत्र २०७३, शुक्रबार १२:२२

चैत ११, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताएका छन् । 

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्डले आज यहाँ आयोजना गरेको सम्मान वितरण समारोहमा डा कोइरालाले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिए । 

डा कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताए । उनले भने-, “काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो ।” 

नेपाल ट्रेड युनियनका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएकाले तिनका समस्यालाई राज्यले बेवास्ता गर्न नहुने बताए । नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपमहासचिव आशासिंह राठौरले ट्रेड युनियनमा लागेका व्यक्तिलाई सम्मानले ठूलो प्रोत्साहन मिल्ने बताए । 

कार्यक्रममा जिपी कोइराला लेबर फाउन्डेसनका अध्यक्ष शिशिरकुमार झा, नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराई, इम्ब्रोडरी तथा सिलाइबुनाइ सङ्घका अध्यक्ष तेजप्रकाश रिजाललगायतले श्रमिकका लागि राज्यले छुट्टै आयोग गठन गर्नुपर्नेमा जोड दिए । 

ट्रेड युनियन अवार्ड केसीलाई 

गिरिजाप्रसाद कोइराला ट्रेड युनियन अवार्ड नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका केन्द्रीय सदस्य सुरथबहादुर केसीलाई प्रदान गरिएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको स्थापनाकालदेखि श्रमिकको हकहितका लागि विशेष योगदान पुु¥याएको भन्दै उहाँलाई रु १० हजार २५ सहित प्रमाणपत्र प्रदान गरिएको हो । 

ट्रेड युनियनकर्मी सूर्य नेपाल, मीरा निरौला र नेपाली काँग्रेसकी नेत्रीसुजाता कोइरालाको सक्रियतामा विसं २०७१ देखि अवार्ड स्थापना गरी प्रत्येक वर्ष वितरण गरिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का