चैत ११, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । 

एमालेको वैदेशिक मामिला विभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । 

एमालेको वैदेशिक मामिला विभ"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेपाल

२०७३, १२ चैत्र शनिबार १०:२६

चैत ११, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । 

एमालेको वैदेशिक मामिला विभागले आज यहाँ आयोजना गरेको ‘विकास र समृद्धि’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालमा ठूला परियोजना बन्न नदिने षड्यन्त्र भइरहेकाले विकासका लागि विद्यमान कानुनमा पनि सुधारको खाँचो औँल्याउनुभयो । 

नेता नेपालले कर्मचारीतन्त्र विकासमुखी नभएको र अदालतले पनि विकासका काम रोक्ने गरेको उल्लेख गर्दै विकासको लक्ष्य बनाउँदा आजको मात्र होइन, भोलिको आवश्यकतालाई पनि हेर्न आग्रह गर्नुभयो । 

“राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालन गर्दा हामीले ठूलो परिवर्तन गर्न सक्छौँ”, उहाँले भन्नुभयो— “अर्काको देशमा पुगेर गर्ने काम आफ्नै देशमा गर्दा मात्रै पनि समाज परिवर्तन हुन्छ ।” 

कार्यक्रममा नेपालको विकासको मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजोको राजनीति अधिकारमुखी भएको तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्नेमा जोड दिनुभयो । 

सो कार्यपत्रमाथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्य, अर्थशास्त्री डा विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज सङ्ग्रौला र समाजशास्त्री डा सुरेश ढकालले टिप्पणी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम