चैत ११, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । 

एमालेको वैदेशिक मामिला विभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ११, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । 

एमालेको वैदेशिक मामिला विभ"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेपाल

१२ चैत्र २०७३, शनिबार १०:२६

चैत ११, काठमाडौँ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताउनुभएको छ । 

एमालेको वैदेशिक मामिला विभागले आज यहाँ आयोजना गरेको ‘विकास र समृद्धि’ विषयक कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालमा ठूला परियोजना बन्न नदिने षड्यन्त्र भइरहेकाले विकासका लागि विद्यमान कानुनमा पनि सुधारको खाँचो औँल्याउनुभयो । 

नेता नेपालले कर्मचारीतन्त्र विकासमुखी नभएको र अदालतले पनि विकासका काम रोक्ने गरेको उल्लेख गर्दै विकासको लक्ष्य बनाउँदा आजको मात्र होइन, भोलिको आवश्यकतालाई पनि हेर्न आग्रह गर्नुभयो । 

“राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालन गर्दा हामीले ठूलो परिवर्तन गर्न सक्छौँ”, उहाँले भन्नुभयो— “अर्काको देशमा पुगेर गर्ने काम आफ्नै देशमा गर्दा मात्रै पनि समाज परिवर्तन हुन्छ ।” 

कार्यक्रममा नेपालको विकासको मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजोको राजनीति अधिकारमुखी भएको तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्नेमा जोड दिनुभयो । 

सो कार्यपत्रमाथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्य, अर्थशास्त्री डा विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज सङ्ग्रौला र समाजशास्त्री डा सुरेश ढकालले टिप्पणी गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का