२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नेपाल महिला संघ आठराईको अध्यक्षमा भेटुवाल

२०७३, १२ चैत्र शनिबार १३:०३

प्रकाश धौलाकोटी/चैत १२, तेह्रथुम । तेह्रथुमको सक्रान्तिबजारमा शनिबार भएको नेपाली कांग्रेस निकट महिलाहरुको भेलाले शनिशा भेटुवालको अध्यक्षतामा १९ सदस्यीय नेपाल महिला संघ गठन गरेको छ । 

संघको उपाध्यक्षमा रिता कालिकोटे, सचिवमा विष्णुमाया आचार्य, सहसचिवमा मुना गुरुङ र कोषाध्यक्षमा कौशिला कन्दंङवा रहनुभएको छ । साविकका ह्वाकु, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार र खाम्लालुङ गाविस आठराई गाउँपालिकामा गाभिएपछि महिलाहरुको भेलाले गाउँपालिका स्तरीय समिति गठन गरेका हुन् । 

स्थानीय तहको निर्वाचनमा वडा तहदेखि जिल्लासम्म महिलाहरुको सहभागिता सुनिश्चित गरिएको भन्दै महिलाहरुले खुसीसमेत व्यक्त गरेका छन् । कार्यक्रम नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष निर्मला ईङ्नामको आतिथ्यतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश