प्रज्वल पाैडेल/चैत १३, काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरूङले जनताकाे समर्थन र विचारकाे हिसाबले एमाले अग्रस्थानमा रहेकाे बताउनुभएकाे छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/चैत १३, काठमाडौं । नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरूङले जनताकाे समर्थन र विचारकाे हिसाबले एमाले अग्रस्थानमा रहेकाे बताउनुभएकाे छ ।

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाेभार पुगेर एमाले नेताले भने – `अब पहिलाे पार्टी बनाउछाैँ´

२०७३, १३ चैत्र आईतवार ०२:३०


प्रज्वल पाैडेल/चैत १३, काठमाडौं ।

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरूङले जनताकाे समर्थन र विचारकाे हिसाबले एमाले अग्रस्थानमा रहेकाे बताउनुभएकाे छ ।

नेकपा एमाले रामेछाप – काठमाण्डौ सम्पर्क मञ्चले शनिबार राजधानीकाे चाेभारमा अायाेजित बनभाेज कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
पार्टीमा अान्तरिक एकताबद्ध भएर राष्ट्रियता एकताकाे सबालमा एकजुट बनेकाेले सफलता मिलेकाे बताउदै नेता गुरूङले देशभक्ति झण्डा उठाउदा देशमा प्रभुत्व जमाउन चाहने, कर्के नजरले हेर्ने हरूले शत्रुता ठानेकाे धारणा राख्नुभयाे ।

नेपाली काङ्ग्रेस लाेकतान्त्रिक मूल्य मान्यता अनुसार नचल्ने भएकाले लाेकतन्त्र बचाउन नसक्ने धारणा राख्दै उहाँले भन्नुभयाे-" अहिलेसम्म बहुमत ल्याउदा लाेकतन्त्र सदा दरबारलाई बुझायाे ।"

यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् रामेछाप इन्चार्ज देवशंकर पाैडेलले जिल्लामा सडक,विद्युत, संचार,विद्यालय जस्ता भाैतिक विकास पुगेपनि मानवीय विकास हुन नसकेकाेले यसकाे विकासमा लाग्नुपर्ने बताउनुभयाे ।

अहिले केही साथीहरू उम्मेदवार बन्न खाेज्दैछन्, जिल्लामा याेग्य मानिसकाे धेरै पंक्ति छ,याे राम्राे हाे पाैडेलले भन्नुभयाे- तर एेना हेर्दा व्यक्तिकाे हाेइन पार्टीको पनि प्रतिविम्ब अाउने खालकाे उम्मेदवार छनाैट गर्नुपर्छ, नत्र खराबि अाउँछ ।

त्यसैगरी एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले राष्ट्रियता, राष्ट्रिय स्वाभीमानकाे सबालमा एमाले ढृढ संकल्पका साथ अगाडि बढेकाे बताउनुभयाे ।


मेचीकाली अभियानदेखि लिएर सबैतिर माहाेल एमालेमय बन्दै गएकाेले पार्टी पहिलाे बन्न जनताकाे अपार समर्थन रहेकाे बताउनुभयाे ।उहाँले स्थानीय तहको निर्वाचनका विषयमा एमालेले बनाएकाे आचार संहिता र पार्टिकाे निर्देशन बमोजिम उम्मेदवार उठेर हार्ने इतिहास छाडेर जित्ने इतिहास बनाउने धारणा राख्नुभयाे ।


यस्तै व्यवस्थापिक संसदका सदस्य/सांसद कमला सुवेदीले बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा एमालेलाई मतदान नगर्दा एमालेका लाेकप्रिय नीति तथा कार्यक्रम लागु नहुने भएकाले जसरी पनि जिताउनुपर्ने धारणा राख्नुभयाे । उहाँले स्थानीय स्तर जुन व्यक्तिले अन्य पार्टीको मत समेत तान्नसक्छ उसैलाई पार्टीले उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयाे ।

कार्यक्रममा एमाले रामेछाप जिल्ला अध्यक्ष शान्तिप्रसाद पाैडेल लगाएतका बक्ताहरूले स्थानीय निर्वाचनमा एमालेलाई जिताउन सबै क्षेत्रबाट लाग्न अाग्रह गरेका छन् ।उनीहरूले स्थानीय तहको चुनावमा बागी उम्मेदवार दिएमा पार्टी सदस्यता खारेज हुने धारणा राखेका छन् ।

बनभाेज कार्यक्रममा नेकपा एमाले प्रदेश नं ३ का पदाधिकारी, रामेछाप जिल्ला कमिटीका पदाधिकारीहरू, सम्पर्क मञ्चका पदाधिकारी,राजधानीमा बस्ने नेता,कार्यकर्ता,उद्योगी, व्यवसायी,विद्यार्थी लगाएत गरि करिब १७ सय माथिकाे सहभागीता थियाे ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट नेपाली काङ्ग्रेस, माअाेवादी केन्द्र पार्टी परित्याग गरि सय भन्दा बढिकाे संख्यामा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाइ एमाले नेताहरूले खादा र अविरले लगाएर स्वागत गरे ।
कार्यक्रममा राजेन्द्र कुमार कार्की, प्रकाश कटुवाल, गिता सेन्चुरी लगाएतकाे कलाकारकाे साँस्कृतिक प्रस्तुति समेत रहेकाे थियाे भने साेहि अबसरमा युगलिलाकाे नदिकाे प्रवाह काव्य संग्रह विमाेचन गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से