चैत १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी "/>
२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त: राणा

२०७३, १३ चैत्र आईतवार १२:४४

चैत १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताउनुभएको छ । 

काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्ता भेलामा उहाँले सोही सिद्धान्तका आधारमा पार्टीले पटकपटक जनताको विश्वास प्राप्त गरेको बताउँदै निर्वाचन आयोगले षड्यन्त्रपूर्ण तरिकाले सो सिद्धान्तलाई विधानबाट खारेज गर्न गरेको निर्णय अवैध रहेको बताउनुभयो । 

आसन्न स्थानीय तहको चुनावमा पार्टीलाई कसरी सफल बनाउने भन्नेबारेमा नेता तथा कार्यकर्ताले चिन्ता गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिनुभयो । 

पार्टीका नेता राजाराम श्रेष्ठले कार्यकर्ताको बलिदान र मेहेनतले अहिले पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान कायम गरेको बताउँदै कार्यकर्ताको मनोभावनालाई बुझेर पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

काठमाडौँ जिल्ला कार्यसमितिका सल्लाहकार किरण गिरीले १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको चुनाव निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष कृष्ण बज्राचार्यले पार्टीले लिएका विचारलाई वडा, गाउँ, नगरमा पु¥याएर जनताको विश्वास आर्जन गरी पार्टीलाई विजयी बनाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह