चैत १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी "/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त: राणा

१३ चैत्र २०७३, आईतवार १२:४४

चैत १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताउनुभएको छ । 

काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्ता भेलामा उहाँले सोही सिद्धान्तका आधारमा पार्टीले पटकपटक जनताको विश्वास प्राप्त गरेको बताउँदै निर्वाचन आयोगले षड्यन्त्रपूर्ण तरिकाले सो सिद्धान्तलाई विधानबाट खारेज गर्न गरेको निर्णय अवैध रहेको बताउनुभयो । 

आसन्न स्थानीय तहको चुनावमा पार्टीलाई कसरी सफल बनाउने भन्नेबारेमा नेता तथा कार्यकर्ताले चिन्ता गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिनुभयो । 

पार्टीका नेता राजाराम श्रेष्ठले कार्यकर्ताको बलिदान र मेहेनतले अहिले पार्टीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान कायम गरेको बताउँदै कार्यकर्ताको मनोभावनालाई बुझेर पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

काठमाडौँ जिल्ला कार्यसमितिका सल्लाहकार किरण गिरीले १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको चुनाव निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष कृष्ण बज्राचार्यले पार्टीले लिएका विचारलाई वडा, गाउँ, नगरमा पु¥याएर जनताको विश्वास आर्जन गरी पार्टीलाई विजयी बनाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का