नन्द बहादुर ऐडी/चैत १३, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन गर्नु होभन्ने बताउँनुभयो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर ऐडी/चैत १३, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन गर्नु होभन्ने बताउँनुभयो । 
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन: उर्जामन्त्री

१३ चैत्र २०७३, आईतवार १३:०२

नन्द बहादुर ऐडी/चैत १३, काठमाडौँ । उर्जामन्त्री जनार्दन शर्माले संविधान कार्यन्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन गर्नु होभन्ने बताउँनुभयो । 

कसले जित्ने र कस्ले हार्ने भन्दा पनि हामीले अंगाल्दै आएका ऐजेण्डा संस्थागत केकति भए भन्ने कुरामा ध्यान दिन आवश्यक छ भन्नुभयो । तारकेश्वर नगर समितिको प्रथम ऐतिहासिक नगर सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री शर्माले यो देशमा माओवादी नहुने हो भने जनताका परिवर्तनका उपलब्धीहरु हराउँदै जानेछन् भन्नुभयो । माओवादीको नेतृत्वमा रहेको सरकारले अंगिकार गरेका जनपक्षिय नीति तथाकार्यक्रमका बारेमा जनतालाईसुसुचित गर्न जरुरीछ । 

हामीले उज्यालो नेपाल, नेपालको पानी जनताको लगानी लगायतका विभिन्न जनपक्षिय कार्यक्रम ल्याएका छौ, सो कार्यक्रमको बारेमा जनतालाई जानकारी दिनुपर्छ ।  प्रदेश नं ३ का ईन्चार्ज झक्कु प्रसाद सुवेदीले एमाले भनेको संघीयता विरोधी पार्टी हो । 

हिजोका दिनमा संघीयताको विरोध गर्दै हिड्ने पार्टीसँग हामी किन डराउँने ? हामीले आफना ऐजेण्डा टोलटोलमा घरघरमा पुयाउँन आवश्यकछ । जनता हाम्रा आमाबुवा हुन् । आमाबुवाको अगाडी जान हामी किन डउाउँने भन्दै कार्यकर्तालाई जनतको माझमा जानको लागि आग्रह समेत गर्नुभयो । 

नेकपा माओवादी नेकपा माओवादी केन्दको पोलिट व्यूरो सदस्य एवं काठमाडौं जिल्ला ईन्चाज लेखनाथ न्यौपानेले एमालेले राष्टियताका खोक्रा कुरालाई रटान गर्दै आएको छ ।  राष्टघाती काम गर्नेहरुले राष्टियता र राष्टवादीका कुरागर्न सुहाउँदैन् । हामीले हाम्रो राजनीतिक दलका नेताहरुले गर्ने हरेकखालका गतिविधीलाई नजिकबाट नियाल्नुपर्छ । दिउँसो राष्टवादी नारा रटान गर्ने र राती आफनो छोराछोरीलाई छात्रवृत्रि मिलाई दिनुपर्यो भनी दुतावास धाउँने नेताहरु पनि छन् भन्नुभयो नेता न्यौपानेले । 

यस्तै गरि नेकपा माओवादी नेकपा माओवादी केन्दको पोलिट व्यूरो सदस्य एवं तारकेश्वर नगर समितका ईन्चाज हिमाल शर्माले जनताको अधिकार जनतालाई नै दिने ऐजेण्डा माओवादीको हो भन्ने दावी गर्नुभयो । माओवादीले संविधानको ऐजेण्डा ल्याएको हो । संविधान निर्माण भयो र सो संविधानमा संघियताको व्यवस्था पनि माओवादीको अडानमा भएको हो । संघीयताको मुल रुप भनेको अधिकार सहितको स्थानीय तहको निर्माण गर्नु हो, जसमा जनताको अधिकार जनतालाई नै दिने अर्थात सिंहदरवारमा भएको अधिकार गाउँ नगरमा पुग्ने व्यवस्था रहेको छ । यसको कार्यन्वनको लागि स्थानीयतहको निर्वाचन अपरिहार्य छ भन्नुभयो । 

यस्तै गरि  पव्लिक क्याम्पस विभागका प्रमुख धनलाल मर्हजनले संविधान कार्यन्वयनसँगै स्थानीय तहको निर्वाचनलाई जोड्न आवश्यक छ । जसले सिंहदरवार केन्द्रित जनताको अधिकार गाउँ नगरमा पुयाउँने काम गर्नेछ । यसैले सो निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित्नुपर्छ र सोही अनुरुप हाम्रा ऐजेण्डालाई जनता माझ लिन सक्रिय रुपमा लाग्नुपर्ने बताए । 

यस्तै गरि नेकपा माओवादी केन्द्र टोखा नगर कमितिका अध्यक्ष कल्पना शर्माले नजिकिदै गरेको स्थानीय निर्वाचनबाट महिलाका हक अधिकार सुनिश्चित र संस्थागत हुनेछ र महिला दिदी बहिनीहरुले आफनो अधिकारको लागि नेतृत्वमा आउँन आजैबाट सक्रिय रुपमा लाग्नुपर्ने बताईन । 

अध्यक्ष शर्माले प्रथम तारकेश्वर नगर सम्मेलनमा सहमतीबाट नेतृत्व चयन होस् भन्ने शुभकामना समेत दिईन । यस्तै गरि कार्यक्रममा स्वागत मन्तव्य दिनेक्रममा तारकेश्वर नगर समतिका सहईन्चाज माधव तिमिल्सेनाले आजको सम्मेलनबाट नयाँ नेतृत्व चयन हुनेछ हामीले सक्षम र नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई प्रभावकारी रुपमा नेतृत्व दिन सक्ने खालको व्यक्ति चयन गर्नुपर्छ । 

हाम्रो पाटीले ल्याएका जनपक्षिय नीति तथा कार्यक्रमलाई जनताका घरदैलोमा पुयाउँन आवश्यक छ भन्नुभयो । नेकपा माओवादी(केन्द्र) तारेकश्वर नगर समतिको ऐतिहासिक प्रथम नगरसम्मेलन भव्य रुपमले सम्पन्न भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का