पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।<"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा काँग्रेसका यी हुन सम्भावीत उम्मेदवार

१४ चैत्र २०७३, सोमबार ०६:०८

पर्वत । स्थानीय निकायको चुनावमा को मेयर र उपमेयर हुने भन्ने विषयले यतिबेला नेपाली काँग्रेसमा बहस शुरु भएको छ । केन्द्रिय कार्यालयले कसलाई उम्मेदवारी बनाउँदा सहज र विजय प्राप्त हुन्छ भन्ने बारेमा छलफल गरीराखेको छ ।

 बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी पर्वतमा सात स्थानीय तहका लागि नेपाली काँग्रेसबाट सम्भावीत उम्मेदवारहरुको नाम बाहिर आउन थालेको छ । २ नगरपालिका र ५ गाउँपालिकामा नेका पर्वतबाट चर्चामा आएका सम्भावीत नामवली यस्तो छ ।

कुश्मा नगरपालिका 

कुश्मा नगरपालिकामा नेपाली काँग्रेसबाट रामचन्द्र जोशीको नाम पहिलो मेयरको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।कुश्मा नगरपालिका संयोजकमा समेत रहेका उनी सामाजिक व्यक्तित्वका रुपमा पनि चिनिन्छन् । नेका पर्वतका कुश्मा नगरपालिका बाट उनले टिकट पाउने अधिकांशको धारणा रहेको छ । त्यस्तै डा. चुणामणि शर्मा पनि नगरपालिका भित्र मेयरका दाबेदारका रुपमा उम्मेदवार हुने देखिएको छ ।  

निवृत्त शिक्षक समेत रहेका उनी लायन्स क्लबमा आवद्ध रहेर जिल्लामा सामाजि क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । उनलाई पनि मेयरको सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । भने अर्को गंगाधर पौडेल पनि मेयरका सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । त्यस्तै बशन्त बहादुर सिकेलाई पनि सम्भावित उम्मेदवारका रुपमा लिइएको छ । 

महिला तर्फबाट सिता काफ्ले हुने सम्भावना देखिएको छ । पार्टीको पछिल्ला चर्चा परिचर्चा अनुसार यीनीहरुमध्येबाट एक वा अन्य पनि आउने सक्ने सम्भावना देखिएको छ । काँग्रेसमा अन्य पनि मेयरको लागि महत्वकाक्षि राखेको देखिएको छ ।

फलेवास नगरपालिका 

फलेवास नगरपालिका अन्तरगत मेयरका लागि शहिद पुत्र गंगाधर तिवारीलाई बलियो सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका तिवारी सम्भावित फलेवास नगरपालिकाका मेयरका उम्मेदवारका रुपमा लिएको छ । त्यस्तै युक्तप्रसाद श्रेष्ठलाई पनि बलियो उम्मेदवारका रुपमा लिइएको छ ।

 लायन्स क्लबका पूर्व गर्वनर समेत रहेका श्रेष्ठ सामाजिक क्षेत्रका क्रियाशिल रहेका कारण पनि उनी पनि मेयरका लागि बलियो उम्मेदवार हुन सक्ने मानिएको छ । महिला तर्फ रेखा गुरुङ र राधा कुमारी क्षेत्रीलाई सम्भावित बलियो उम्मेदवारका रुपमा लिइएको छ ।

मोदी गाउँपािलका 

मोदी गाउँपालिका अन्तरगत नेपाली काँग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइ बलियो मानिएको छ । तर उनी गाउँपालिकामा नै सिमित नरहेन बताउँदै आएका छन् त्यसलै पनि उनीपछिका सम्भावितका रुपमा महेश शर्मा चापागाई, बलभद्र चापागाइ, जिवन प्रसाई देखिएका छन् । महिलामा सम्भावित उम्मेदवारका रुपमा मिना केसी मानिएकी छिन् । जौमाया प्रसाइ पनि सम्भावित उम्मेदवारको रुपमा रहेकी छिन् । 

जलजला गाउँपालिका 

जलजला गाउँपालिका अन्तरगत नेका पर्वतको सम्भावित उम्मेदवारका रुपमा दुर्गा बहादुर खत्री, चन्द्र बहादुर जिसी, कृष्ण केसी, रुद्रलाल उपाध्याय देखिएका छन् । त्यस्तै महिला तर्फ सिमा पुनको उम्मेदवारी हुने सम्भावना देखिएको छ । 

विहादी गाउँपालिका 

विहादी गाउँपालिका अन्तरगत मेयरका लागि आनन्द भुषाल सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । त्यस्तै तिलक कुवँर पनि मेयरका लागि बलिया मानिएका छन् ।

महाशिला गाउँपालिका 

महाशिला गाउँपालिकामा अशोक उचाई ठकुरी, मोहन गुरुङ, उज्जवल गुरुङ सम्भावित मेयरका उम्मेदवार हुने देखिएको छ ।

पैयू गाउँपालिका 

पैयूँ गाउँपालिका अन्तरगत खगेन्द्रं तिवारी, भिमसेन गुरुङ मेयरका लागि प्रमुख दाबेदार र सम्भावित उम्मेदवारीका रुपमा हेरिएको छ ।


नेका पर्वतले उम्मेदवारको नामवली ढुंगो लगाएका छैन । माथि उल्लेखीत नामवली सम्भावितका रुपमा मात्रै रहेका छन् । यीनै उम्मेदवारी दिनेमा नपर्न पनि सक्छन् । पार्टीको विधान र नियम अनुसार फरक व्यक्तिलाई समेत टिकट प्रांप्त हुनसक्छ तर माथि उल्लेखीत महोत्वकाक्षि र हुने सक्ने सम्भावितका रुपमा मात्रै हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा