१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तरुण जागरण अभियान सन्चालन हुने

१४ चैत्र २०७३, सोमबार ११:०९

चैत १४, तेह्रथुम | नेपाल तरुण दलले तेह्रथुमका दुई वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान चलाउने भएको छ । 

नेपाल तरुण दल जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले साता व्यापी तरुण जागरण जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष विपीन सुब्बाले बताए । अभियान अन्तर्गत चैत २० गते म्याङलुङ्ग नगरपालिकामा तरुण जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम सन्चालन हुनेछ । 

यस्तै चैत २१ गते मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा र चैत २२ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा कार्यक्रम सन्चालन हुने अध्यक्ष सुब्बाले जानकारी दिए । बैठकले चैत २५ गते फेदाप गाउँपालिकाको पोक्लाबाङ बजारमा, चैत २६ गते आठराई गाउँपालिकाको सक्रान्तिबजारमा र चैत २९ गते छथर गाउँपालिकाको शुक्रबारे बजारमा तरुण जागरण कार्यक्रम गर्ने भएको छ । 

यस्तै नेपाल तरुण दलले अग्नीपीडित नेपाल तरुण दलको साविक सिम्ले गाउँ कार्यसमिति अध्यक्ष लक्ष्मी निङ्लेकुको परिवारलाई ५० हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने भएको छ । निङ्लेकुको घरमा २०७० सालको निर्वाचनको समयमा अज्ञात समुहले आगजनी गराएको थियो । तरुण दलले आसन्न निर्वाचन सफल गराउन र नेपाली कांग्रेसलाई विजयी गराउन समेत सबै तरुणहरुलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का