२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तरुण जागरण अभियान सन्चालन हुने

२०७३, १४ चैत्र सोमबार ११:०९

चैत १४, तेह्रथुम | नेपाल तरुण दलले तेह्रथुमका दुई वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान चलाउने भएको छ । 

नेपाल तरुण दल जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले साता व्यापी तरुण जागरण जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष विपीन सुब्बाले बताए । अभियान अन्तर्गत चैत २० गते म्याङलुङ्ग नगरपालिकामा तरुण जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम सन्चालन हुनेछ । 

यस्तै चैत २१ गते मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा र चैत २२ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा कार्यक्रम सन्चालन हुने अध्यक्ष सुब्बाले जानकारी दिए । बैठकले चैत २५ गते फेदाप गाउँपालिकाको पोक्लाबाङ बजारमा, चैत २६ गते आठराई गाउँपालिकाको सक्रान्तिबजारमा र चैत २९ गते छथर गाउँपालिकाको शुक्रबारे बजारमा तरुण जागरण कार्यक्रम गर्ने भएको छ । 

यस्तै नेपाल तरुण दलले अग्नीपीडित नेपाल तरुण दलको साविक सिम्ले गाउँ कार्यसमिति अध्यक्ष लक्ष्मी निङ्लेकुको परिवारलाई ५० हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने भएको छ । निङ्लेकुको घरमा २०७० सालको निर्वाचनको समयमा अज्ञात समुहले आगजनी गराएको थियो । तरुण दलले आसन्न निर्वाचन सफल गराउन र नेपाली कांग्रेसलाई विजयी गराउन समेत सबै तरुणहरुलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश