पर्वत । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पर्वतमा मेयर को हुन्छ भन्नेबारे चर्चा शुरु भएको छ । यससँगै राजनीतिक दलभित्र मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन् । राजनीतिक दलभित्र पनि कसलाई उम्मेदवारका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पर्वतमा मेयर को हुन्छ भन्नेबारे चर्चा शुरु भएको छ । यससँगै राजनीतिक दलभित्र मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन् । राजनीतिक दलभित्र पनि कसलाई उम्मेदवारका "/>
२०८२, १ चैत्र आईतवार
पर्बत - PBT

यस्तो छ पर्वतमा मेयरको टिकट लिन दौडधुप

२०७३, १५ चैत्र मंगलवार ०४:३७

पर्वत । स्थानीय निकायको निर्वाचन नजिकिँदै गर्दा पर्वतमा मेयर को हुन्छ भन्नेबारे चर्चा शुरु भएको छ । यससँगै राजनीतिक दलभित्र मेयर उम्मेदवारको टिकट लिन दौडधुप गर्नेहरू पनि बढेका छन् । राजनीतिक दलभित्र पनि कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । एउटै पाटीभित्र एकै ठाउँमा आधा दर्जनभन्दा बढीको नाम चर्चामा छ । 

तत्कालीन कुश्मा नगरपालिकामा तीन वटा गाविस थप भई नगरपालिका बनेपछि सांसदभन्दा मेयर बन्न नेताहरू दौडधुपमा लागेका हुन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राप्रपा, नेकपा मालेलगायत पार्टीका नेता मेयर उम्मेदवारको टिकट लिन जिल्लादेखि पार्टीका केन्द्रीय नेतासमक्ष लबिङ गर्दै आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । आजको सहारान्यूजमा खबर छ ।

कांग्रेसभित्र मेयरका लागि हालसम्म रामचन्द्र जोशी, डा. चुणामणी शर्मा, विद्धान गुरुङ, गंगाधर पौडेल, बशन्त बहादुर सिके, राम शर्मा पौडेलको नाम चर्चामा छ । मेयरको चर्चामा रहेका जोशी कांग्रेस नगर सभापति हुन् भने शर्मा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष एवं पूर्व लायन्स गर्भनर समेत हुन् । गुरुङ तरुण दलका केन्द्रिय कोषाध्यक्ष हुन् । 

पार्टीले जिम्मेवारी दिए आफूहरु नगरपालिका प्रमुख भई भूमिका निर्वाह गर्न इच्छुक रहेको उनीहरुको धारणा छ । चार बर्षसम्म लगातार संविधान सभाको निर्वाचनमा विजय भएको नेका भित्र मेयरमा कसलाई टिकट दिने भन्ने विषयको चर्चा हुन थालेको छ । कमजोर उम्मेदवार भए नेकाले राखेको इतिहास तुहिने खतरा छ जसका कारण पनि कसलाई टिकट दिने भन्ने विषयमा आन्तरिक छलफल भएको छ ।

नेकपा एमालेभित्र पनि सबैभन्दा बढी मेयरका आकांक्षी देखिन्छन् । एमाले जिल्ला अध्यक्ष पदम गिरी, मेघनाथ सुवेदी, शान्त पौडेल, गोबिन्द पहाडी मेयरको टिकट लिन दौडधुपमा रहेको बताइएको छ । राजनीतिक दलभित्र कसलाई उम्मेदवारका रूपमा अघि सार्ने भन्नेबारे रस्साकस्की जारी छ । एउटै पार्टी्भित्र ६ जनासम्मको नाम चर्चामा छ ।

सरकारको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रमा मेयरका लागि कसैले पनि खुलेर लबिङ गरेका छैनन् । तर केन्द्रभित्र पनि मेयरका आकांक्षीहरुको जमात उत्तिकै छ । दोस्रो संविधान सभामा नेका सभासदलाई टक्कर दिन पुगेकी मनरुपा सुवेदी, युवा तथा विद्यार्थी नेता शंकर गिरीको चर्चा छ । त्यस्तै केन्द्र पर्वतका सचिव ढाकाराम गौतमको पनि नाम चर्चामा छ । माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनामा केन्द्रिय सदस्यहरुलाई मैदानमा उतार्ने बुझिएको छ । माओवादी केन्द्रभित्र कसलाई  टिकट दिने भन्ने विषयमा आन्तरीक बहस शुरु भएको छ ।

राप्रपामा भने मेयर बन्न प्रकाश पौडेल, ठाकुर बम मल्ल, मानकुमारी गिरी, अकोश गुरुङ, सुदिप पौडेल लगायतको लविङ भैराखेको बुझिएको छ । प्रकाश पौडेल पार्टीका  निर्वतमान बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

नयाँ शक्ति पार्टीले पनि स्थानीय निकाय निर्वाचनमार्फत आफ्नो जनमत जाँच्दैछ । नयाँ शक्तिले मिनराज केसी अविरल, सिर्जनशिल कुवँर, राजबाबु पिसी मध्ये एकजनालाई उम्मेदवार बनाउने चर्चा छ ।

फलेवास नगरपालिकामा नेकाबाट गंगाधर तिवारी, युक्तप्रसाद श्रेष्ठ, थमनसिंङ थापा, महिलामा रेखा गुरुङ, राधा कुमारी क्षत्री उम्मेदवारका आकांक्षीका रुपमा देखिएका छन् । नेकपा एमालेका तर्फबाट पदपाणी शर्मा,मोतीप्रसाद पौडेल, देवेन्द्र पाण्डे उम्मेदवारका आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट  प्रेम राना,कमल भुषालको नाम चर्चामा छ ।

त्यस्तै क्षेत्र नं १ अन्तरगत मोदी गाउँपालिकामा नेकाबाट पार्टी सविच विश्वप्रकाश प्रसाई, जिवन प्रसाइ, बलभद्र शर्मा, मधु चापागाई, मिना केसीको चर्चा भएको छ । भने एमालेको तर्फबाटी पार्टीका उपाध्यक्ष समेत रहेका भक्त कुवँर, प्रेम कुमार लामिछाने, प्रेम पौडेल आकांक्षी देखिएका छन् । माओवादी केन्द्रबाट मनोहरी तिमिल्सीना, मनबहादुर पौडेल क्षेत्री, गंगाा तिमिल्सिना, कृष्ण विक, चिजकाजी गुरुङको नाम चर्चामा छ ।

जलजला गाउँपालिकामा काँग्रेसको तर्फबाट कृष्ण केसी, चन्द्रबहादुर जिसी, दुर्गा बहादुर खत्री,राजु आचार्यको नाम चर्चामा छ भने एमालेबाट लालबहादुर अधिकारी, उदय सुवेदी छन् । माओवादी केन्द्रबाट दिपक आचार्य, बाबुराम कार्की लगायतको नाम चर्चामा आएको छ । 

क्षेत्र नं २ अन्तरगतको विहादी गाउँपालिकामा नेकाबाट आनन्द भुषाल, तिलक कुवँर, गोविन्द पराजुली चर्चामा रहेका छन् । नेकपा एमालेबाट कमल भुषाल, लालबहादुर गुरुङ, रामप्रसाद पराजुली चर्चामा देखिएका छन्  भने माओवादी केन्द्रको तर्फबाट कृष्ण पराजुली, सविन गुरुङ,ऋषिराम भुषालको नाम चर्चामा छ ।

महाशिला गाउँपालिकामा नेकाको तर्फबाट अशोक उचाइ ठकुरी,मोहन गुरुङ,उज्वल गुरुङ सम्भावित उम्मेदवारका रुपमा हेरिएका छन् । त्यस्तै एमालेको तर्फबाट राजु पौडेल, जीवन उचाई ठकुरी, पुष्प पौडेल लगायतको सम्भावना देखिएको छ । माओवादी केन्द्रबाट भने विवश गुरुङ, पदमबहादुर क्षेत्री चर्चामा छन् ।

पैयूँ गाउँपालिका अन्तरगत नेकाबाट खगेन्द्र तिवारी, राजेन्द्र तिवारी, एकनारायण न्यौपानेको नाम बाहिर आएको छ । एमालेमा मित्रलाल बस्याल, चोकलाल न्यौपाने लगायतका छन् । माओवादी केन्द्रबाट जयनारायण तिवारी, पुण्य आचार्यलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

जिल्लामा १६ वटा राजनीतिक दलहरु दर्ता भएता पनि स्थानीय तहको चुनावको लागि भने मेयरका लागि उम्मेदवारको चर्चामा तीन ठूला दलहरुकोनै बढी देखिएको छ । साना दलहरुको चर्चा खासै भेटिएको छैन । यद्यपी साना दलहरु पनि चुनावको लागि आन्तरीक छलफलमा जुटेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार