पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका ह"/>
१ माघ २०८२, बुधबार
पर्बत - PBT

फलेवास नगरपालिकामा युक्तप्रसाद श्रेष्ठको मेयरमा दाबेदारी

१५ चैत्र २०७३, मंगलवार ०५:४४

पर्वत । समाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल रहेका युक्तप्रसाद श्रेष्ठले आगामी बैशाख ३१ मा हुन लागेको चुनावलाई लक्षित गरी आफूलाई मेयरको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । नेपाली काँग्रेसबाट उनले मयेरको लागि दाबेदारी गरेका हुन् । 

फलेवास क्षेत्रमा सामाजि क्षेत्रमा क्रियाशिल रहेका उनले आफूलाई पार्टीले टिकट दिए विजयको झण्डा फैलाउन सक्ने आफूमा विश्वास रहेको बताएका छन् । आफूले टिकट प्राप्त गरे कसैले पनि हराउन नसक्ने र जीत सुनिश्चित रहेको उनले बताएका छन् । उक्त क्षेत्रको विकासको लागि आफूले सक्दो कार्य गर्ने समेत बताएका छन् । उनको त्यस क्षेत्रका मेयरका लागि लडे जित्ने सम्भावना रहेको उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् । 

हरेक वडामा आफूलाई स्थापित गरेको भन्दै सोही अनुसार मत परिणाम प्राप्त गर्ने सोचमा उनी रहेका छन् । उनले पार्टीले चुनाव लड्न टिकटमात्रै दिए जित सम्भव भएको बताएका छन् । 

फलेवास नगरपालिका अन्तरगत मेयरका लागि शहिद पुत्र गंगाधर तिवारीलाई बलियो सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । महाधिवेशन प्रतिनिधि समेत रहेका तिवारी सम्भावित फलेवास नगरपालिकाका मेयरका उम्मेदवारका रुपमा लिएको छ । तिवारी पनि सोही क्षेत्रमा निकै चर्चित नाम हो । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका तिवारी आफूलाई पार्टीले टिकट दिनेमा विश्वास रहेको बताएका छन् ।  त्यस्तै थमसिङ थापा पनि मेयरका लागि दरिला उम्मेदवारका रुपमा रहेएको छ ।  

महिला तर्फ रेखा गुरुङ र राधा कुमारी क्षेत्रीलाई सम्भावित बलियो उम्मेदवारका रुपमा लिइएको छ । यी दुइ मध्ये टिकट प्राप्त गर्नको लागि निकै कसर भैराखेको बुझिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का