चैत १५, काठमाडौँ । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १५, काठमाडौँ । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्बाचन: आरआर क्याम्पसमा पेट्रोल बम प्रहार

१५ चैत्र २०७३, मंगलवार ०७:०७


चैत १५, काठमाडौँ । दुईपटक स्थगित भएको काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । 

सर्वोच्च अदालतले निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा चैत २ गते अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले जानकारी दिनुभयो । 

आठ वर्षपछि यहाँ स्ववियु निर्वाचन हुन थालेको हो । आज बिहान ८ देखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकिएको छ । अहिले मतदान जारी छ । निर्वाचनमा करिब तीन हजार ५०० मतदाता सहभागी हुँदैछन् । फागुन १८ र २३ गते विद्यार्थी सङ्गठनबीच विवाद हुँदा त्यहाँ निर्वाचन स्थगित भएको थियो । 

निर्वाचनमा अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घले सहभागिता जनाएका छन् भने अनेरास्ववियु क्रान्तिकारीले बहिष्कार गरेका छन् । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । 

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस प्रशासनले स्थानीय तह निर्वाचन आचारसंहिता विपरीत निर्वाचन गर्न थालेकाले निर्वाचन प्रक्रियामा सहभागिता नजनाएको जानकारी गराउनुभयो । 

पेट्रोल बम प्रहार 

यसैबीच रत्नराज्य लक्ष्मी क्याम्पस भइरहेको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनलाई अवरोध पु¥याउने उद्देश्यले केहि विद्यार्थीको एक समूहले त्यहाँ पेट्रोल बम प्रहार गरेको छ । 

प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख छविलाल जोशीले जानकारी दिनुभयो । आक्रमणबाट कसैलाई पनि केही क्षति नभएको बताइएको छ । 

अहिले आरआर क्याम्पस र वरिपरिका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकोे परिसरका प्रमुख जोशीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का