१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता आवास कार्यक्रम उपत्यकाबाहिरका ७२ जिल्लामै विस्तार गरिँदै

१५ चैत्र २०७३, मंगलवार १५:३८


चैत १५, काठमाडौं । यो वर्षसम्म ५२ जिल्लालाई कभर गरेको जनता आवास कार्यक्रम आगामी वर्षदेखि काठमाडौँ उपत्यकाबाहिरका ७२ जिल्लामै पु¥याइने भएको छ । 

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले चैत्र १५ गते जनताआवास कार्यक्रमसम्बन्धी अन्तरमन्त्रालय समन्वय बैठकको अध्यक्षतागर्दै निर्देशनस्वरुप ७२ जिल्लाका २५ हजार परिवारलाई घरबास निर्माणअघि बढाउने र सोही अनुरुपको बजेट बनाउन निर्देशन दिएका छन् । 

जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जग्गानै नभएका  लक्षित जनतालाई जग्गा उपलब्ध गराउन र सम्भव नभए जग्गा खरिदका लागि १ लाख उपलब्ध गराउन पनि मन्त्री केसीलेनिर्देशन दिएका छन् ।

आफै घर बनाउन नसकेका दलित, जनजाति, मुसलमान, संकटापन्न, लोपोन्मुख र अल्पसंख्यक, पछाडि परेका जाति र समुदायलाई २०६६/६७ देखि सरकारले सुरक्षितआवासको व्यवस्थागर्दै आएको छ ।अतिविपन्न, असहाय, असक्त, बृद्धबृद्धा, अनाथबालबालिका, एकलमहिलाजस्ता घरमूलीजनताआवास कार्यक्रमको घरका लाभग्राही रहेकाहरूलाई सबभन्दा बढी प्राथमिकतामा राख्न पनि बैठकको जोड थियो । यस्ता आवास गृहमा शौचालयको व्यवस्था पनि हुनुपर्ने अनिवार्यता कार्यविधिले तोकेको छ । शौचालयनिर्माण नहुन्जेल घर निर्माण भए पनि कार्यविधिले काम पूरा भएको मान्दैन ।

चालु आर्थिक वर्षका लागि २२ हजार परिवारका लागि जनताआवास कार्यक्रमल्याउने लक्ष्य राखिएको र यो वर्ष सम्पन्न गर्नुपर्ने ३ हजार घर निर्माणको कार्य पूरा गर्न जनताआवास कार्यक्रमकार्यविधि नै कतिपय सन्दर्भमा बाधक बनेको तीतो अनुभवलाई दृष्टिगत गर्दै यसको न्यायोचित संशोधनहुनुपर्ने कुरामाअधिकांश सहभागिहरूले विचार व्यक्त गरेका थिए । उक्तकार्यविधिले कतिपय सन्दर्भमा व्यवधान पु¥याएकोमा कार्यविधिलाई संशोधन र परिमार्जन गरी लचिलो र ब्यावहारिक बनाउन एवं जनता आवाससम्बन्धी अनुगमन समितिलाई प्रभावकारी बनाउन कार्यालयको व्यवस्थाका लागि समेत मन्त्री केसीले निर्देशन दिएको जनता आवास योजना केन्द्रिय समन्वय समितिका सदस्य सुशिल भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का