पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई "/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

माओवादी केन्द्रले स्थानीय तहमा इन्चार्ज तोक्यो

१६ चैत्र २०७३, बुधबार १०:०२

पर्वत । संघीय पुर्नसंरचनामा देश गएसँगै नेकपा माओवादी केन्द्र पर्वतले सोही अनुसार आफ्नो कमिटिहरु विस्तार गर्ने अभियानमा लागेको छ । माओवादी केन्द्र पर्वतले स्थानीय निकायको चुनावलाई लक्षित गरी गाउँ जागरण अभियान तथा कमिटिलाई पुर्नगठन गरेसँगै स्थानीय निकायका लागि संयोजक समेत तय गरेको छ ।

केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकेको हो । इन्चार्ज र संयोजकले स्थानीय तहको चुनावलाई लक्षित गरी पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ कमिटि गठन गर्ने जिम्मा दिइएको छ । 

केन्द्रिय सदस्यहरुलाई स्थानीय तहको संयोजकका रुपमा चयन गरेको छ । भने सोही अनुसार नयाँ कार्यसमिति समेत गठन गरिएको छ । पुरानो गाउँ विकास समितिको कमिटिलाई भंग गर्दै पुर्नसंरचना अनुसार वडा कमिटि पुर्नगठन गरेको छ ।

 कुश्मा नगरपालिकाको इन्चार्जमा सुदिप कुवँर र संयोजक शंकर गिरी रहेका छन् । त्यस्तै ,फलेवास नगरपालिकामा इन्चार्ज प्रेम राना, संयोजक भुवन शर्मा पौडेललाई तोकेको छ । 

जलजला गाउँपालिका इन्चार्ज बाबुराम कार्की, संयोजक दिपक आचार्यलाई पार्टीले तोकेको छ । मोदी गाउँपालिकामा इन्चार्ज कृष्ण विक, संयोजक मनबहादुर पौडेल रहेका छन् । विहादी गाउँपालिकामा केन्द्रिय सदस्य कृष्ण पराजुलीको अध्यक्षतामा विहादी गाउँपालिकामा नयाँ कमिटि गठन भैसकेको छ । 

महाशिला गाउँपालिका इन्चार्ज दुर्गा गुरुङ चयन भएका छन् । त्यस्तै पैयूँ गाउँपािलका इन्चार्ज जयनारायण तिवारी, सहइन्चार्ज पुर्णपसाद आचार्य, संयोजक काशीराम काफ्ले  रहेका छन् ।

माओवादी केन्द्रको बैठकले सबै स्थानीय तहका सदस्यमा साविकका गाउँ कमिटीका अध्यक्षसहितका पदाधिकारी र सोही तहभित्र रहेको क्षेत्रीय कमिटीका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ । २१ सदस्यीय गाउँ तथा नगरपालिका स्तरीय कमिटि गठन गर्ने निर्णय गरेको छ । केन्द्रले चैत्र मसान्तभित्र गाउँ तथा नगरपालिका स्तरीय कमिटि गठन गरिसक्नुपर्ने निर्णय  गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ