Image result for नेपाल दलित मुक्ति मोर्चापर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image result for नेपाल दलित मुक्ति मोर्चापर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल "/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

नेपाल दलित मुक्ति मोर्चाको प्रत्येक वडामा १५१ प्रचारप्रसार कमिटि गठन

१७ चैत्र २०७३, बिहीबार ०५:००

Image result for नेपाल दलित मुक्ति मोर्चापर्वत । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल दलित मुक्तिमोर्चा जिल्ला शाखा पर्वतले स्थानीय तह पुर्नसंरचना अनुसार आफ्नो जिम्मेवारी बाँडफाँड गरेको छ । साविक गाउँ विकास समितिमा रहेका मुक्तिमोर्चा भंग गर्दै नयाँ कार्यसमिति चयनको लागि तयारी थालेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य दुर्गाबहादुर दर्जीको आथित्यतामा सम्पन्न भेलाले पुर्नसंरचना अनुसार पर्वतका दुइ नगरपालिका र पाँच गाउँपालिकामा संयोजक चयन गरेको छ ।

कुश्मा नगरपालिमा मोर्चाको संयोजकमा भिमबहादुर नेपाली, सहसंयोजक गोविन्द नेपाली, दुर्गाबहादुर नेपाली रहेका छन् । १७ सदस्यीय कमिटि गठन गरी स्थानीय चुनावको लागि अभियान थालेको छ । 

फलेवास नगरपालिकामा मेघलाल विश्वकर्माको संयोजकत्वमा ३१ सदस्यीय कमिटि चयन गरेको छ जसको सह संयोजकमा कमला विक रहेकी छिन् । 

त्यस्तै जलजला गाउँपालिकामा दुर्गा बहादुर दर्जीको संयोजकमा मुक्ति मोर्चाको कमिटि तयार भएको छ । जसको सह संयोजक तारा बहादुर दर्जी रहेका छन् । २९ सदस्यीय कमिटि गठन भएको छ । 

मोदी गाउँपालिकामा मोर्चाको संयोजकको जिम्मा कृष्ण बहादुर विकले जिम्मेवारी लिएका छन् भने सहसंयोजकमा नम्रता नेपाली रहेकी छिन् । जून कमिटि १७ जनाको गठन गरिएको छ ।

विहादी गाउँपालिकामा दलित मुक्ति मोर्चाको संयोजकमा रुपमा हिरा नेपाली, सहसंयोजकमा हुमेन्द्र हिताङ रहेका छन् । २३ सदस्यीय कमिटि विस्तार भएको छ । त्यस्तै महाशिलामा २५ सदस्यीय मोर्चाको कमिटि गठन भएको छ । जसको संयोजकमा होमबहादुर विक, सहसंयोजकमा अनासरी नेपाली रहेका छन् । त्यस्तै पैयूँ गाउँपालिकामा नरबहादुर विकको संयोजकत्वमा १७ सदस्यीय दलित मोर्चा गठन भएको छ । जसको सहसंयोजकमा डिलबहादुर सुनार रहेका छन् । 

मोर्चाका जिल्ला अध्यक्ष मेघलाल विश्वकर्माको अध्यक्षताल भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतमले पार्टी दलितको पक्षमा रहेको र दलित मुक्तिको लागि माओवादीलाई विजय गराउनुपर्नेमा जोड दिए । उनले माओवादीको १० बर्षे जनुयुद्धबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने जिम्मेवारी माओवादीकै काँधमा आएको भन्दै स्थानीय तहमा माओवादीलाई विजय गराउनको लागि मोर्चा अग्रसर हुनुपर्नेमा जोड दिए । दलितका हक अधिकारलाई संस्थागत गर्दै स्थानीय तहदेखि केन्द्रिय स्तरसम्म दलितका आवाजलाई समावेश गर्नको लागि पनि माओवादीलाई अग्र स्थानमा लैजानुपर्ने भन्दै उनले त्यसको लागि मोर्चाले भूमिका निभाउनुपर्ने बताए । 

दलित मोर्चाका केन्द्रिय सदस्य दर्गा बहादुर दर्जीले माओवादीले दलितका लागि खेल्दै आएको भूमिका अतुलनीय रहेको र आगामी दिनमा दलितहरुको अधिकार स्थापित गर्नको लागि पनि मोर्चा तयार हुनुपर्ने बताए । उनले माओवादी केन्द्रले थालेमो दलित मुक्तिको आन्दोलनलाई अग्रता दिने जिम्मेवारी मोर्चाको काँधमा रहेको र सोही अनुसार अगाडि बढाउनुपर्नेमा जोेड दिए । 

कार्यक्रमको संचालन मोर्चाका जिल्ला सचिव भिमबहादुर नेपालीले गरेका थिए भने स्वागत कमला विकले गरेकी थिइन् । पर्वत जिल्लामा  झण्डै ३३ हजार दलित समुदायमा मतदता रहेको अुनमान गरिएको छ ।

चुनावलाई लक्षित गरी चयन भएको मोर्चा कमिटिले यहि चैत्र मसान्त भित्र वडास्तरीय कमिटि गठन गरी चुनाव प्रचारप्रसारमा लाग्ने जनाएको छ । मोर्चाले प्रत्येक वडामा १५१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता