२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

कांग्रेस बैठकले उम्मेदवार छनौट गर्न सकेन, स्थानीय तहमै टुंग्याउन निर्देशन

१७ चैत्र २०७३, बिहीबार ०७:३९

लोकेन्द्र प्रशाद जोशी/चैत १७, दार्चुला । नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यसमिति बैठकले स्थानीय तहको लागि सिफारिस भइ आएका उम्मेदवारहरुको नामावली माथि छलफल गरेको छ । 

बुधबार सकिएको बैठकले ७ गाउँपालिका र २ नगरपालिका, वडा तहबाट सिफारिस भइ आएका उम्मेदवारका नामावली माथि छलफल गरेको हो । हरेक तहबाट उम्मेदवारको संख्या सहमतिमा आउन नसकेको भन्दै सम्बन्धित तहमै उम्मेदवार टुंग्याउन बैठकले निर्देशन गरेको सचिव हरकसिह विष्टले जानकारी दिनुभयो । 

नौगाड गाउँपालिका, मार्मागाउँपालिका र शैल्यशिखर नगरपालिका बाहेकका अन्य क्षेत्रबाट उम्मेदवारका आकांक्षी बढि देखिएका छन् । नौगाड गाउँपालिकामा जगतसिह ठगुन्ना, मार्मा गाउँपालिकामा गोपालदत्त जोशी र शैल्य शिखर नगरपालिकामा अमरसिह धामीको नाम चर्चामा आएको हो ।

बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका र वडापालिकाका उम्मेदवार छान्न छनौट समिति समेत चयन गरेको छ । उता अपि हिमाल गाउँपालिकाबाट दुइ जनाको नाम प्रमुख र उपप्रमुखमा आएको छ । 

गाउँपालिका प्रमुखमा लोकेन्द्रसिह लोथ्याल र डम्मरसिह कार्की तथा उपप्रमुखमा देवकी ठेकरे र जीउनी ठेकरेको नाम सिफारिस भएको छ । अन्य गाउँपालिका र महाकाली नगरपालिकामा दर्जन बढि उम्मेदवारका आंकाक्षी देखिएकोले सम्बन्धित क्षेत्रमै मिलाउन निर्देशन गरिएको विष्टले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान