२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

काग्रेस बैठक उम्मेदवार छनौट गर्न सकेन, स्थानीय तहमै टुंग्याउन निर्देशन

२०७३, १७ चैत्र बिहीबार ०७:४९

लोकेन्द्र प्रशाद जोशी/चैत १७, दार्चुला । नेपाली काग्रेस दार्चुलाको जिल्ला कार्यसमिति बैठकले स्थानीय तहको लागि सिफारिस भइ आएका उम्मेदवारहरुको नामावली माथि छलफल गरेको छ । बुधबार सकिएको बैठकले ७ गाउँपालिका र २ नगरपालिका, वडा तहबाट सिफारिस भइ आएका उम्मेदवारका नामावली माथि छलफल गरेको हो ।

हरेक तहबाट उम्मेदवारको संख्या सहमतिमा आउन नसकेको भन्दै सम्बन्धित तहमै उम्मेदवार टुंग्याउन बैठकले निर्देशन गरेको सचिव हरकसिह विष्टले जानकारी दिनुभयो । नौगाड गाउँपालिका, मार्मागाउँपालिका र शैल्यशिखर नगरपालिका बाहेकका अन्य क्षेत्रबाट उम्मेदवारका आकांक्षी बढि देखिएका छन् । नौगाड गाउँपालिकामा जगतसिह ठगुन्ना, मार्मा गाउँपालिकामा गोपालदत्त जोशी र शैल्य शिखर नगरपालिकामा अमरसिह धामीको नाम चर्चामा आएको हो ।

बैठकले सम्बन्धित गाउँपालिका र नगरपालिका र वडापालिकाका उम्मेदवार छान्न छनौट समिति समेत चयन गरेको छ । उता अपि हिमाल गाउँपालिकाबाट दुइ जनाको नाम प्रमुख र उपप्रमुखमा आएको छ । गाउँपालिका प्रमुखमा लोकेन्द्रसिह लोथ्याल र डम्मरसिह कार्की तथा उपप्रमुखमा देवकी ठेकरे र जीउनी ठेकरेको नाम सिफारिस भएको छ ।

अन्य गाउँपालिका र महाकाली नगरपालिकामा दर्जन बढि उम्मेदवारका आंकाक्षी देखिएकोले सम्बन्धित क्षेत्रमै मिलाउन निर्देशन गरिएको विष्टले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से