२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मतदाता शिक्षा कार्यक्रम वैशाख १ गतेदेखि

१८ चैत्र २०७३, शुक्रबार १०:०५

चैत १८, बैतडी । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा मतदाता शिक्षा कार्यक्रम वैशाख १ गतेदेखि सुरु हुने भएको छ । 

मतदाताको घरदैलोमै गएर दिइने उक्त कार्यक्रमका लागि जिल्लामा करिब १८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख निर्वाचन अधिकारी माधवप्रसाद फँुयालले जानकारी दिनुभयो । 

२०७० सालको निर्वाचनमा परिचालन गरिएका स्वयम् सेवकलाई नै विशेष प्राथमिकतामा राखिएको छ, उहाँले भन्नुभयो— “ मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिने स्वयम् सेवकलाई यही चैत २१ देखि २६ गतेसम्म तालिम दिन लागिएको छ ।” 

निर्वाचनमा मतदातालाई कसरी मतदान गर्ने लगायतका विषयमा स्वयम् सेवकले घरदैलोमै गएर सिकाउने छन् । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १२० मतदान केन्द्र तोकिएका छन् । 

निर्वाचनमा भाग लिन जिल्लामा १२ दल दर्ता भएका छन् । बैतडीमा एक लाख २८ हजार ७८३ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको भएपनि यो निर्वाचनमा एक लाख २४ हजार ८२४ जनाले मात्र मतदान गर्न पाउने भएका छन् । 

२०७३ साल फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले नाम दर्ता गराएकामध्ये करिब चार लाख १६ वर्षदेखि १८ वर्षमुनिका रहेकाले मतदान गर्न नपाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।  स्थानीय तह पुनःसंरचनाअनुसार बैतडीमा चार नगरपालिका र ६ गाँउपालिका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ