२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा मतदाता शिक्षा कार्यक्रम वैशाख १ गतेदेखि

२०७३, १८ चैत्र शुक्रबार १०:०५

चैत १८, बैतडी । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा मतदाता शिक्षा कार्यक्रम वैशाख १ गतेदेखि सुरु हुने भएको छ । 

मतदाताको घरदैलोमै गएर दिइने उक्त कार्यक्रमका लागि जिल्लामा करिब १८७ जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख निर्वाचन अधिकारी माधवप्रसाद फँुयालले जानकारी दिनुभयो । 

२०७० सालको निर्वाचनमा परिचालन गरिएका स्वयम् सेवकलाई नै विशेष प्राथमिकतामा राखिएको छ, उहाँले भन्नुभयो— “ मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिने स्वयम् सेवकलाई यही चैत २१ देखि २६ गतेसम्म तालिम दिन लागिएको छ ।” 

निर्वाचनमा मतदातालाई कसरी मतदान गर्ने लगायतका विषयमा स्वयम् सेवकले घरदैलोमै गएर सिकाउने छन् । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १२० मतदान केन्द्र तोकिएका छन् । 

निर्वाचनमा भाग लिन जिल्लामा १२ दल दर्ता भएका छन् । बैतडीमा एक लाख २८ हजार ७८३ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको भएपनि यो निर्वाचनमा एक लाख २४ हजार ८२४ जनाले मात्र मतदान गर्न पाउने भएका छन् । 

२०७३ साल फागुन ९ गतेसम्म विवरण दर्ता गराएका १८ वर्ष उमेर पूरा गरेका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले नाम दर्ता गराएकामध्ये करिब चार लाख १६ वर्षदेखि १८ वर्षमुनिका रहेकाले मतदान गर्न नपाउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।  स्थानीय तह पुनःसंरचनाअनुसार बैतडीमा चार नगरपालिका र ६ गाँउपालिका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से