पर्वत । स्थानीय पुर्नसंरचना अनुसार काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोकेका छन् । माओवादी केन्द्रले संयोजक चयन गरी चुनावलाई लक्षित गरी अभियान थालेसँगै यी दुइ ठूला राजनीतिक दलहरुले पनि सोही अनुसार आफ्नो अभियान शुरु गरेका हुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय पुर्नसंरचना अनुसार काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोकेका छन् । माओवादी केन्द्रले संयोजक चयन गरी चुनावलाई लक्षित गरी अभियान थालेसँगै यी दुइ ठूला राजनीतिक दलहरुले पनि सोही अनुसार आफ्नो अभियान शुरु गरेका हुन"/>
२०८२, १ चैत्र आईतवार
पर्बत - PBT

पर्वत काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोक्यो

२०७३, १९ चैत्र शनिबार ०९:२२

पर्वत । स्थानीय पुर्नसंरचना अनुसार काँग्रेस र एमालेले स्थानीय तहमा संयोजक तोकेका छन् । माओवादी केन्द्रले संयोजक चयन गरी चुनावलाई लक्षित गरी अभियान थालेसँगै यी दुइ ठूला राजनीतिक दलहरुले पनि सोही अनुसार आफ्नो अभियान शुरु गरेका हुन् । आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचनाअनुसार पुनर्गठन कार्य सुरु गरेका छन् । 

नेपाली काँग्रेसले पुर्नसंरचना अनुसार जिल्लामा रहेका २ नगरपालिका र ५ गाउँपालिकामा सोही नगर तथा गाउँपालिमा रहेको केन्द्र र साविक गाउँविकास समितिका पार्टी सभापति नगर तथा गाउँपालिकाको सभापति हुने र अन्य वडामा सदस्य रहने गरी निर्णय गरेको पार्टी सचिव विश्वप्रकाश प्रसाइले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेका नगर तथा गाउँपालिकाको केन्द्र तोकिएको स्थानका पार्टी सभापति नगर तथा गाउँपालिकाको सभापतिमा चयन भएका छन् भने अन्य वडा (साविक गाविस) सभापति सदस्यमा रहेका छन् ।

चुनावलाई लक्षित गरी काँग्रेसले संगठन सुदृढिकरण अन्तर्गत बुधबार बसेको जिल्ला कार्य समितिको वैठकले रिक्त पदपूर्ति गरेको छ । कांग्रेसले १३ औ जिल्ला अधिवेशनपछि मनोनित गर्न बाँकी उपसभापति र सचिव पदमा दुई जनालाई मनोनित गरेको हो । जिल्ला कार्य समितिको बैठकले नेपाली काँग्रेसको उपसभापतिमा दुर्गावहादुर खत्री र सचिवमा युक्तप्रसाद श्रेष्ठलाई मनोनित गरेको छ ।

जिल्ला कार्यसमिति पर्वतले नेपाली काँग्रेसको विधानले व्यवस्था गरे बमोजिम पदाधिकारी मनोनियन गरेको पर्वत काँग्रेसले जनाएको छ ।


नेपाली काँग्रेसका उपसभापति दुर्गावहादुर खत्री र पार्टी सचिव युक्तप्रसाद श्रेष्ठले मनोनित भएपछि प्रतिक्रिया दिंदै पार्टीले आफ्नो क्रियाशिलताको मुल्याङकन गरेको बताएका छन् । उनीहरुले पार्टीले थप जिम्मेदार बनाएको भन्दै अझ प्रभावकारी ढंगले विपी विचारमा आधारित पार्टीको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउन लागि पर्ने बताए ।

पार्टी सचिव विश्वप्रकास प्रसाईले पार्टीले आन्तरीक सुदृढिकरणसंगै सक्षम उमेदवारलाई आगामी निर्वाचनमा उठाउने गरी आन्तरीक गृह कार्य शुरु गरेको बताए । उनले पर्वतका सवै स्थानमा कांग्रेसको जीतलाई सुनिश्चित बनाउन कर्मठ र पार्टीमा योगदान पुराएका नेताहरु मध्येबाट नै उमेदवार बनाउने स्पष्ट समेत पारे ।


यसैविच नेकपा एमाले पनि चुनावलाई लक्षित गरी आफ्नो अभियान थालेको छ । स्थानीय तहको पुर्नसंरचना अनुसार संयोजकको जिम्मा तोकेर जिम्मेवारी बाँडफाँड गरेको नेकपा एमालेका उपाध्यक्ष भक्त कुवँरले बताए । उनका अनुसार  दुई नगरपालिका र पाँच गाउँपालिकामा रहेका पुराना कमिटीहरु विघटन गरेर नयाँ कमिटीका लागि संयोजक र सहसंयोजक तोकिएको छ ।  बैठकले वरिष्ठ सचिवालय सदस्यको संयोजक र दोस्रो वरिष्ठ सदस्यलाई सहसंयोजक चयन गरेको छ ।

बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा विष्णु नेवार चयन गरेको छ । यसैगरी, फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको छ ।

त्यस्तैगरी, अन्य गाउँपालिकामा क्रमशः जलजला गाउँपालिकाको संयोजकमा लालबहादुर अधिकारी र सहसंयोजकमा टुंगनाथ पौडेल, मोदीको संयोजकमा दाताराम चापागाई र सहसंयोजकमा सेती महत, बिहादी गाउँपालिकामा संयोजकमा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक ईश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन गरेको छ । 

त्यस्तै, पैयँु गाउँपालिकाको संयोजकमा उमाकान्त सुवेदी र सहसंयोजकमा रेशमलाल न्यौपाने चयन भएका छन् । फलेबास नगरपालिकामा मन्जु अधिकारी संयोजक र पिताम्वर घिमिरे सहसंयोजक रहेका छन् । सबै स्थानीय तहका सदस्यमा साविकका गाउँ कमिटीका अध्यक्षसहितका पदाधिकारी र सोही तहभित्र रहेको क्षेत्रीय कमिटीका सदस्यहरु स्वतः सदस्य हुने निर्णय गरेको छ । एमालेले स्थानीय तहको चुनावका लागि एकहजार १११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार