महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय &nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय &nb"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वष्ठिताको आधारमा संयोजक तोक्दा पर्वत एमालेको विवाद छताछुल्ला

१९ चैत्र २०७३, शनिबार ११:४४

महेन्द्र जिसी पर्वत ।

मुलुक संघीय संरचनामा गएपछि नेकपा एमाले पर्वतले आफ्ना पार्टीका स्थानीय कमिटीहरु पनि सोही संरचना अनुसार पुर्नगठन कार्य सुरु गरेको छ । मंगलबार  पार्टी कार्यालय  सदरमुकाम कुस्मामा बसेको पार्टीको बैठकले २ नगरपालिका र ५ गाउँपालिकामा रहेका पुराना कमिटिहरुको विगठन गरेर नयाँ कमिटिका लागि संयोजक र सह संयोजक तोकेको छ । संयोजक चयन वरिष्ठताका आधारमा तय गरीएको भन्दै  पाटीका पुराना सदस्यहरुले  संयोजक पद अस्वीकार गरेसँगै एमालेमा  खैला वैला मच्चीएको हो ।

 बैठकले बरिष्ठ सचिबालय सदस्यको संयोजक र दोस्रो बरिष्ठ सदस्यलाई सह संयोजक चयन गरेको हो । बैठकले कुस्मा नगरपालिकाको संयोजकमा यम गुरुङ्ग र सहसंयोजकमा बिष्णु नेवार चयन गरेको छ । यसैगरी फलेबास नगरपालिकाको संयोजकमा मञ्जु अधिकारी र सहसंयोजकमा पिताम्बर घिमिरेलाई तोकेको हो । त्यस्तै गरि अन्य गाउँपालिकाहरुमा क्रमसः जलजला गाउँपालिकामा लाल बहादुर अधिकारी र सह संयोजकमा टुंगनाथ पौडेल, मोदी गाउँ पालिकामा  दातारमा चापागाई र सह संयोजकमा सेती महत, बिहादी गाउँपालिकामा लालबहादुर गुरुङ्ग र सहसंयोजकमा कमल भुसाल, महासिला गाउँपालिकामा संयोजक इश्वरी भुसाल र सहसंयोजक बिष्णुराम बिक चयन भएका छन् । त्यस्तै पैञ्यु गाउँपालिकाको संयोजकमा संयोजकमा रेशमलाल न्यौपाने र सह संयोजकमा चयन भएका छन् ।

संयोजक चयनमा बरिष्ठता नमिलेको भन्दै फलेबास नगरपालिका र जलजला गाउँपालिकामा  विवाद चर्कीको हो ।  पार्टी स्रोतका अनुसार फलेबास नगरपालिकाका सहसंयोजक पिताम्बर घिमिरेले आफुँ बरिष्ठ भएको भन्दै सहसंयोजक पद अस्विकार गरेका छन । उनले  आँफुलाई पार्टीले अपमानीत निर्णय गरेको भन्दै पद अस्वीकार गरेका हुन । यता जलजला गाउँपालिका सहसंयोजक तुंगनाथ उपाध्यायले पनि तल्ला सदस्य र पछिल्लो पटक सचिबालय सदस्य भएको  भन्दै  वैठकको  निर्णय अस्विकार गरेका हुन ।  बैठकले संगठन कमिटिमा रहने सदस्यहरुको समेत टुंगो लगाएको छ । सबै स्थानीय तहका सदस्यहरुमा साबिकका गाउँ कमिटिका अध्यक्ष सहितका पदाधिकारी र सोही तह भित्र रहेको क्षेत्रीय कमिटिका सदस्यहरु स्वतः सदस्य हुने निर्णय  वैठकले गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ