"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

२ माघ २०८२, बिहीबार
पर्बत - PBT

विहादी गाउँपालिका‘एकै वडाका ७० जना नेपाली कांग्रेसमा प्रवेश’

१९ चैत्र २०७३, शनिबार १२:००

विशन क्षेत्री, पर्वत, १९ चैत्र ।

स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । चुनावलाई मध्यनजर गरी पर्वतको विहादी गाउँपालिकाको एकै वडामा ७० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा विहादी गाउँपालिकाको वडा नं। २ बर्राचौरमा नेकपा एमाले, माओवादी र नयाँशक्तिका ७० जना व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

प्रवेश गर्नेमा प्रेम नेपाली, बाबुराम गिरी, कमल नेपाली, शिवु नेपाली, रघु नेपाली, प्रदीप क्षेत्री, सन्दिप ठकुरी, पदम गिरी, अशोक गिरी, तेजु नेपाली, कुशल नेपाली, बलबहादुर नेपाली, दिपक नेपाली, दिलिप नेपाली, पदम पुरी लगायत ७० जना रहेका छन् । 

उनीहरु विहादी गाउँपालिकाको प्रमुखको दाबेदार रहेका प्रवीण गुरुङ्गको पहलमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । विहादी गाउँपालिकाको प्रमुखमा दाबेदारी गरिरहेका गुरुङ्ग यतिबेला पार्टीको आन्तरिक तथा सांगठनिक सुदृढिकरणमा सक्रिय रहेका छन् । २०४६ देखि २०५४ को स्थानीय चुनाव, संविधानसभाको पहिलो निर्वाचन र दोश्रो निर्वाचनमा सक्रियतापूर्वक लागेको तथा पार्टीको आन्तरिक, सांगठनिक क्षमता निपूर्ण गुरुङ्ग एक सरल र ईमान्दार नेताको रुपमा परिचित रहेका छन् । राजनीतिका साथै सफल व्यवसायीको पहिचान बनाएका गुरुङ्ग उम्मेदवार भएको खण्डमा अन्य वडाबाट सयौँ युवाहरु कांग्रेसमा प्रवेशको तयारीमा समेत रहेको श्रोतले जानकारी दिएको छ ।

अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेकाहरुलाई नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी ९राज० ले नेपाल तारा माविमा एक कार्यक्रमका बिच खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै ठकुरीले सबै क्षेत्रका जनतालाई मिलाएर देशको निकास र विकास कांग्रेसले मात्र गर्न सक्ने बताउँदै नेपाली कांग्रेस हरेकपल जनताको साथमा रहेको बताए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नं। ३ रानीपानीका सचिव जयलाल पौडेलले गरेका थिए ।

त्यस्तै, विहादी गाउँपालिका वडा नं। ३ रानीपामनीमा शनिबार बसेको नेपाली कांग्रेस वडा समितिले गाउँपालिका प्रमुखका रुपमा तीन जनलाई सिफारिस गरेको छ । वडा सभापति ओमप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले गाउँपालिका प्रमुखका रुपमा हरि न्यौपाने, तिलक कुँवर र लालबहादुर कुँवरको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ