६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङमा नेपाल कम्युनिष्ट पार्टिले कार्यालयको बोर्ड च्यात्यो

१९ चैत्र २०७३, शनिबार १३:३४


कृष्ण कँडेल/चैत १९, बागलुङ । स्थानिय निर्वाचनको खारेजिको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टिले बागलुङका स्थानिय तहका कार्यालयमा तालाबन्दि गर्दै कतिपय कार्यालयको बोर्ड झिकेर फालेको र केहि च्यातेर छोडेको भेटिएको छ ।

ढोरपाटन नगरपालिका कार्यालयमा शनिबार विहान ताला लगाएको, कार्यालयको बोर्ड च्यातिएको र कार्यालयको च्यानल भित्र नेपाल कम्युनिष्ट पार्टिको नाम उल्लेख भएको निर्वाचन बहिष्कारको पोष्टर राखेको भेटिएको प्रहरीले जनाएको छ । 

गलकोट नगरपालिका, निसीखोला गाउँपालिका, वडिगाड गाउँपालिका र बरेङ गाउँपालिकाको कार्यालयमा पनि कतै ताला लगाएको त कतै बोर्ड निकालेर फालेको र कतै झिकेर लगेको भेटिएको बागलुङका प्रहरी प्रमुख एसपि चन्द्रकुबेर खापुङले जानकारी दिए ।


कार्यालयको नजिकै ‘कथित स्थानिय चुनाब खारेज गरौँ’ भन्दै मतपत्र र मतपेटिका जलाएको तस्विर भएको नेपाल कम्युनिष्ट पार्टिको पर्चा भेटिएको प्रहरीको भनाई छ । ताला प्रहरीले तोडेको छ । निर्वाचन विरोधि गतिविधि गर्नेहरुको खोजि कार्य सुरु गरिएको ईप्रका बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए । 

गलकोट नगरपालिकाका निमित्त कार्यकारी अधिकृत माधब शर्माले आज बिहान कार्यालयको बोर्ड झिकेको र कार्यालय नजिकै पर्चा भेटिएको स्थानियले आफुलाई बताएको जानकारी दिए ।

घटनाको बारेमा सोध्दा पार्टिको कार्यक्रममा अहिले वुटवल रहेको बताउने नेकपाका एक जिल्ला स्तरिय नेताले नाम उल्लेख नगर्न आग्रह गर्दै पार्टिको निर्वाचन बहिष्कारको निति अनुसार नै आफ्ना कार्यकर्ताले यस्तो गतिबिधि गरेको स्विकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने