२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगबाट डा. भट्टराईसहित शिर्ष नेता पक्राउ

२० चैत्र २०७३, आईतवार ०७:३२


चैत २०, काठमाडौं । निर्वाचन आयोग घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छन् ।

प्रहरीले  नया शक्तिका भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल,संयुक्त राष्ट्रबादी समाजबादी पार्टी नेपालका उप महासचिब नारायण श्रेष्ठ र केन्द्रीय सदस्य हिरण्यलाल लुइटेल  लगायतलाई पक्राउ गरेको छ ।

आफ्नो दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय बहादुरभवनमा धर्ना दिन पुगेका थिए । भट्टराईसहितका नेताहरु जुलसससहित अयोगतर्फ अघि बढेका प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए । नेताहरुलाई अहिले नेपाल प्रहरी २ नं. गण, महाराजगञ्जमा राखिएको थियो भने अहिले महेन्द्र पुलिश क्लबमा लागिएको छ  ।स्थानीय तह निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनाव चिन्ह दिएको छ । अरु दलका उम्मेदवारले भने दलीय चुनाव चिन्ह पाउने छैनन् । स्वतन्त्र हैसियतमा चुनाव लड्नु पर्नेछ । 

त्यस्तै गिराफ्तारी भए संगै तत्काल निर्बाचन आयोग बाहिरको सडकमा भएको बिरोध  सभामा  सरकारी दमनको भर्सना गर्दै संयुक्त राष्ट्रबादी समजबादिका केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री कमल चौलागाई ले पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न  र तिन बुदे सिन्डिकेटको अलोकतान्त्रिक निर्णय फिर्ता लिई दलीय चुनाव चिन्ह प्रदान गर्न माग गर्नु भएको हो ।उक्त सभामा नया शक्तिका नवराज सुबेदी ,साध्य बहादुर भण्डारी लगाएतका नेताहरुले सरकारी दमनको बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ