पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध"/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

कुनपा १० पिपलटारीमा माओवादी केन्द्र विस्तार

२४ चैत्र २०७३, बिहीबार ०५:०७

पर्वत । नेकपा माओवादी केन्द्र कुश्मा नगरपालिका १० को वडा अध्यक्षमा राजु प्रसाद खनाल सर्वसहमत चयन भएका छन् । उनको नेतृत्वमा २१ सदस्यीय वडा स्तरीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरिबहादुर नेपाली सचिवमा कमल लामिछाने, कोषाध्यक्षमा भिमदेवी सुवेदी रहेका छन् ।

Image may contain: 4 people, people sitting

 त्यसैगरी कमिटिको सदस्यमा ऋषिराम पौडेल, बालराम पौडेल, पारस पौडेल, गोविन्द सुवेदी, विष्णु प्रसाद अधिकारी, दिपक खनाल, चिरञ्जीवी खनाल, हरिकला अधिकारी, बेलप्रसाद अधिकारी रहेका छन् । अन्य सदस्य मनोनित गर्ने पार्टीले जनाएको छ । सोही भेलाले ५१ सदस्यीय वाइसिएल कमिटि गठन गरेको छ । जसको अध्यक्षमा गोकुल सुवेदी, उपाध्यक्षमा आनन्द अधिकारी, पारस पौडेल, सचिवमा शिव सुवेदी, कोषाध्यक्षमा अर्जुन क्षेत्री, सहसचिवमा विवेक लामिछाने रहेका छन् । 

सदस्यहरुमा सन्देश सुवेदी, गगन अधिकारी, राजन सुवेदी, राजु पौडेल, श्याम अधिकारी, राजेन्द्र अधिकारी, प्रशान्त सुवेदी,सुवास अधिकारी, लक्ष्मण गौतम, सागर अधिकारी, विष्णु गौतम, नारायाण अधिकारी लगायत रहेका छन् । 

स्थानीय तहको चुनावलाई लक्षित गरी कुनापा १० मा १५१ सदस्यीय प्रचारप्रसार समिति समेत गठन गरिएको छ । जसको संयोजकका रुपमा देवीप्रसाद अधिकारी रहेका छन् । भेलाले वडा १० इन्चार्जमा देवी अधिकारीलाई चयन गरेको छ । 

माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतमको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले स्थानीय चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउनको लागि सवै लागी पर्नेमा जोड दिए । उनले जसको एजेण्डा उसको जित निश्चित हुनुपर्ने नत्र देश गम्भीर चुनौतीको खाडलमा पर्ने समेत बताए । 

Image may contain: 1 person, outdoor

नेकपा माओवादी केन्द्रले देशलाई आर्थिक विकासमा लैजानको लागि र समृद्ध नेपाल निर्माणको लागि कदम चालेको बताए । उनले माओवादीले जनयुद्ध शुरु गर्ने बेलामा केन्द्रिय शासन व्यवस्थालाई खारेज गरी जनस्तरबाट जनताबाटै न्यायिक प्रशासन खडा गरी सोहि अनुसार काम गर्नुपर्ने माग राख्दै युद्धमा होमिएको र अहिले संघीयताको खाकाको माध्यामबाट देशमा जनसरकार स्थापित भएको बताए । 


माओवादीले शुरु गरेको क्रान्ति र सोही अनुसार देशमा भएको १६ बुदेँ विस्तृत शान्ति सम्झौता र परिर्वतन स्वरुप प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने जिम्मा माओवादी केन्द्रको हातमा परेको र सोही अनुसार अब समय अबधिभित्रै तीन तहको चुनाव सम्पन्न गराउनको लागि सवै लाग्नुपर्नेमा जोड दिए । उनले माओवादीले योगदान र  हजारौ शहिदको सम्मानका खातिर पनि माओवादीलाई विजय गराई संघीय गणराज्यको संस्थागत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रका केन्द्रिय सदस्य मनरुपा शर्मा, रामप्रसाद शर्मा, शंकर गिरी, जिल्ला पाटसर्् सल्लाहकार रघुनाथ अधिकारी लगायतले आआफ्नो धारणा राखेका थिए ।


स्थानीय तहको चुनावलाई लक्षित गरी माओवादी केन्द्रले गाउँ जागरण अभियान चलाइरहेको छ भने दुइ नगरपालिका र ५ गाउँपािलकामा इन्चार्ज समेत तोकेर जिम्मेवारी बाँडफाँड गरेको छ । केन्द्रले हरेक वडामा १५१ सदस्यी प्रचारप्रसार कमिटि समेत गठन गरेको जनाएको छ ।

चुनावलाई लक्षित गरी पुर्नसंरचना अनुसार नयाँ कमिटि गठन गर्ने अभियानमा लागेको माओवादीले स्थानीय तहमा ककसलाई टिकट दिने भन्ने बारेमा छलफल चलाएको जनाएको छ तर अझै पनि टुंगो भने लागि सकेको अबस्था छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ