पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा म"/>
२०८२, १ चैत्र आईतवार
पर्बत - PBT

कुश्मा नगरपालिकाको मेयरमा नेकाबाट जोशी उठ्ने

२०७३, २४ चैत्र बिहीबार ०५:२४

पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो ।


बैठकले जोशीलाई प्रमुख र लामिछानेलाई उपप्रमुखमा सर्वसम्मत निर्णय गरि सिफारिस गरिएको कोषाध्यक्ष शिबराज शर्माले जानकारी दिए । बैठकमा अन्य आकाँक्षी नदेखिएका कारण सर्वसम्मत रुपमा दुई जनाको नाम सिफारिस गरिएको बताइएको छ । कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ठुलै संख्यामा आकाँक्षीहरु रहेका छन । नगर समितिले भने प्रमुख र उपप्रमुखमा एक एक जनाको नाम मात्रै सिफारिस गरेको छ । कांग्रेस भित्र लोकप्रिय र बलियो दाबेदारका रुपमा रहेका जोशीलाई जन्मदिनकै अवसर नगर समितिले उमेदवारका रुपमा सिफारिस गरेको छ । नगरसमितिले बैषाख ७ गते भित्र क्षेत्रिय समितिमा उमेदवारको नाम सिफारिस गर्नुपर्ने ब्यबस्था पार्टीले गरेको छ । नगर समितिले सिफारिस गरेको नाममा थपघट गरेर क्षेत्रिय समितिले उमेदवारको आफै निर्णय गर्न सक्ने छ भने बिबाद भएमा जिल्ला समितिमा सिफारिस गर्ने ब्यबस्था छ । उमेदवारको अन्तिम निर्णय भने बैषाख दोस्रो साता मात्रै हुनेछ ।


वडा कमिटीहरुबाट सिफारिस भएर आएपछि नगरसमितिले उमेदवारहरुको सिफारिस गरेको भए उपयुक्त हुने भन्दै निर्णयमा असन्तुष्टि समेत देखिएको छ । कांग्रेसका युवा नेता मोहन आचार्यले वडाको सिफारिस आएपछि निर्णय गर्नुपर्नेमा हतारमा निर्णय भएको बताए । ‘जोशी आफै संयोजक रहेको समितिले हतारमा आफैलाई मात्रै निर्णय गराउनु हुन्थेन’ अन्य आकाँक्षीहरुको नाम पनि क्षेत्रिय समितिमा पठाउनुपथ्र्यो’ कुस्मा नगरपालिका वडा न ४ को वडा समितिले भने रामचन्द्र जोशी र मोहन आचार्यको नाम प्रमुखमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार