पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा म"/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

कुश्मा नगरपालिकाको मेयरमा नेकाबाट जोशी उठ्ने

२४ चैत्र २०७३, बिहीबार ०५:२४

पर्वत ।  नेपाली कांग्रेस कुस्मा नगर समितिले पर्वतको कुस्मा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उमेदवार सिफारिस गरेको छ । कुस्मा नगर समितिको बुधबार बसेको बैठकले नगरपालिकाको प्रमुख पदमा नगर संयोजक रामचन्द्र जोशी र उपप्रमुखमा महाधिबेशन प्रतिनिधी सिता काफ्ले लामिछानेलाई सिफारिस गरेको हो ।


बैठकले जोशीलाई प्रमुख र लामिछानेलाई उपप्रमुखमा सर्वसम्मत निर्णय गरि सिफारिस गरिएको कोषाध्यक्ष शिबराज शर्माले जानकारी दिए । बैठकमा अन्य आकाँक्षी नदेखिएका कारण सर्वसम्मत रुपमा दुई जनाको नाम सिफारिस गरिएको बताइएको छ । कुस्मा नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुखमा ठुलै संख्यामा आकाँक्षीहरु रहेका छन । नगर समितिले भने प्रमुख र उपप्रमुखमा एक एक जनाको नाम मात्रै सिफारिस गरेको छ । कांग्रेस भित्र लोकप्रिय र बलियो दाबेदारका रुपमा रहेका जोशीलाई जन्मदिनकै अवसर नगर समितिले उमेदवारका रुपमा सिफारिस गरेको छ । नगरसमितिले बैषाख ७ गते भित्र क्षेत्रिय समितिमा उमेदवारको नाम सिफारिस गर्नुपर्ने ब्यबस्था पार्टीले गरेको छ । नगर समितिले सिफारिस गरेको नाममा थपघट गरेर क्षेत्रिय समितिले उमेदवारको आफै निर्णय गर्न सक्ने छ भने बिबाद भएमा जिल्ला समितिमा सिफारिस गर्ने ब्यबस्था छ । उमेदवारको अन्तिम निर्णय भने बैषाख दोस्रो साता मात्रै हुनेछ ।


वडा कमिटीहरुबाट सिफारिस भएर आएपछि नगरसमितिले उमेदवारहरुको सिफारिस गरेको भए उपयुक्त हुने भन्दै निर्णयमा असन्तुष्टि समेत देखिएको छ । कांग्रेसका युवा नेता मोहन आचार्यले वडाको सिफारिस आएपछि निर्णय गर्नुपर्नेमा हतारमा निर्णय भएको बताए । ‘जोशी आफै संयोजक रहेको समितिले हतारमा आफैलाई मात्रै निर्णय गराउनु हुन्थेन’ अन्य आकाँक्षीहरुको नाम पनि क्षेत्रिय समितिमा पठाउनुपथ्र्यो’ कुस्मा नगरपालिका वडा न ४ को वडा समितिले भने रामचन्द्र जोशी र मोहन आचार्यको नाम प्रमुखमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ