Image may contain: one or more people, sunglasses and closeup Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: one or more people, sunglasses and closeup
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सबैको आशाका केन्द्र ठाकुर वडाध्यक्षका वलियो उम्मेदवार

२८ चैत्र २०७३, सोमबार ०७:३३

Image may contain: one or more people, sunglasses and closeupरोशन तिवारी

पर्वत–उमेर वल्ल २२ लागेका ठाकुर रसाईलीको राजनीतिक उचाई निकै अग्लो छ । विद्यार्थी राजनीतिवाट एकाएक जिल्ला तहमा उनको चर्चा उचाईमा पुगेकै थियो । हालै सम्पन्न दलित संघ पर्वतको अधिबेशनले ठाकुर रसाईलीलाई जव जिल्ला कोषाध्यक्षमा सर्वसहमत चयन ग¥यो उनको चर्चाले झन उचाई लिँदै गयो ।

स्थानीय तहको निर्वाचनमा महाशिला गाउँपालिका ६ फलामखानीको वडा अध्यक्षमा निर्विकल्प उम्मेदवारको रुपमा रसाईलीको नाम सिफारिस हुने भएको छ । नेपाली काँग्रेस गाउँ कार्यसमितिले ठाकुरको नाममा सहमती जुटाईसकेको छ, निर्णय हुन वाँकि छ । 

उनी फलामखानीका अन्य दलका उम्मेदवारलाई राम्रै संग धक्का दिने हैषियतका उम्मेदवार हुन् । रसाईली भन्छन–‘ गाउँको विकास कसरी गर्ने भन्ने मेरो खास योजना छ, उनले भने वडाध्यक्षको जिम्मेवारीमा पुगेपछि मैले फलामखानीलाई जिल्लाकै नमूना गाउँ बनाउने छु , । काँग्रेसले गतिलो संरक्षण नगर्दा अन्य पार्टिमा लागेका व्याक्तिहरु यसपालि मेरो उम्मेदवारी परेपछि हाम्रै पक्षमा आएका छन् । 

फलामखानीको अलपत्र खानी सञ्चालन गर्ने, खानेपानीको समस्यामा रहेका गाउँले दाजुभाईलाई खानेपानीको व्यवस्थापन, स्वास्थ्यको पहुँच पु¥याउने, फलामखानीलाई पर्यटकिय गन्तव्य वनाउने मेरो प्राथमिक योजना हुन् उनले भनेका छन्  ।

सानै देखि गाउँका संघसंस्थामा अगुवाई गर्दै आएका रसाईली यूवादेखि वृद्धहरुको मनमा सजिएका उम्मेदवार हुन् । उनी भन्छन् –‘विगतमा जुनसुकै पार्टिमा लागेको भएपनि यसपालि मेरो उम्मेदवारी परेमा सबैले मेरो पक्षमा भोट हाल्नेमा म सत प्रतिशत विश्वस्त छु , ।

मैले यो पार्टि र त्यो पार्टिको उम्मेदवार भन्दा पनि सबै पार्टिको साझा उम्मेदवारको रुपमा मलाई हेरेको छु, उनले भनेका छन् ।  अन्य पार्टिले उम्मेदवार उठाउन खोजेका व्याक्तिको तुलनामा उनी शिक्षित, भिजन भएको, समाजमा भिजेको, दुरदर्शी, प्रष्ट वक्ता र मिलनसार रहेका छन् । 

उनका काका,मामा देखि फुपुहरुले विगतमा एमालेलाई भोट हाल्ने गरेका थिए । विगतमा एमालेका आस्वसनले भोट खसालेका उनीहरु अहिले आफ्नै भाई छोरा उम्मेदवार वनेपछि रसाईलीलाई भोट हाल्न आतुर भएका छन् । 

नेपाली काँग्रेस गाउँ कार्यसमितिले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणाकै दिन उनलाई उम्मेदवारको निम्ता दिएको थियो । यूवाहरुका प्रिय पात्र रहेका रसाईली स्थानीय सञ्चारमाध्यममा कुशल सञ्चारकर्मीको रुपमा पनि काम गर्छन । 

रसाईली भन्छन्–‘मेरो गाउँका दलित, जनजाती, अपाङ्ग, महिला, वालवालिकाहरुले आजसम्म अभिभावक पाएका थिएनन्,‘ अहिले उहाँहरुको सुखदुखमा साथ दिनुपर्छ भनेर उम्मेदवार उठ्न लागको हुँ उनले भने , । 

ठाकुर रसाईली नेपाली काँग्रेसको तर्फवाट वडा अध्यक्षमा उम्मेदवार वन्न लागेको देखेर एमाले, माओबादी केन्द्रको सातो गएको काँग्रेस गाउँ कार्यसमितिका सभापति भिमवहादुर क्षेत्रीले वताए । यसपालि एमालेले आफ्नो लालकिल्ला भन्ने गरेको फलामखानीमा काँग्रेसले दरो टक्कर दिएर विजयी हुने उनले वताए ।  

फलामखानी विगत देखि नै राजनीतिक दाउपेचले विचलित हुँदै आएको छ । जिल्ला तथा केन्द्र तहमा पहुँच भएका कोहि नहुँदा गाउँको विकास पछाडी परेको छ । राजनीतिक वलजोड नहुँदा एसियामै उत्कृष्ठ फलाम पाईने फलामखानी सञ्चालन गर्न कुनै पहल हुन सकेको छैन । यदि फलाखानीको फलाम निकाल्न सक्ने हो भने नेपालले विदेशवाट फलाम किन्नै पर्दैन । तर यत्रो सम्पत्ती भएको क्षेत्र गतिलो नेता नहुँदा अलपत्र परेको छ ।

गाउँमा वर्षेनी चट्याङ लागेर मान्छे मर्छन । हिउँदका महिनामा पानी पिउन नपाएर गाउँका आमावुवा काकाकुल वन्छन् । चुनावका अघिल्ला दिन भोजभतेर गराएर र ठुला ठुला सपना देखाएर भोट सोहर्नेहरु जितेपछि पीडामा जलेका मतदाताको दैलोमा फर्किने गरेका छैनन् । 

ठाकुर रसाईली फलामखानी ४ का वासिन्दा हुन् । उनले पनि विगतमा यस्तै राजनीतिक चोटले ग्रसित भएर यसपालि त्यसैको ईखले वडाअध्यक्ष भएर गाउँलेको सेवक वन्न खोजेका हुन् । उनी सबै पार्टि, सबै वर्ग, जातजाती, लिंगका व्याक्तिलाई एकिकृत गरेर यसपालिको स्थानीय तहमा वहुमत ल्याएर विजयी हुने रणनीतिमा जुटेका छन् । 

उमेरले थोरै भएपनि विचार र व्यवहारमा पाका रसाईलीलाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पत्याईएका उम्मेदवार हुन् । काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले उनलाई विजयी हुने उम्मेदवारको रुपमा हेरेका छन् । क्षेत्रीय कार्यसमितिले पनि उनलाई नै टिकट दिने पक्कापक्की भैसकेको छ । त्यसैले फलामखानीमा ठाकुरले विजयीको माला पहिरिने अन्तिम तयारीमा रहेका छन् । 

विगतमा झुठा र उदारो आस्वसनमा विकेका स्थानीय वासिन्दा यसपालि भविष्यमा नपछुताउने गरि काँग्रेसका उम्मेदवार रसाईलीलाई जिताउने भित्री तयारीमा लागेका छन् । साँच्चै अव भने फलामखानीले विकास र निकास पाउने छ भन्ने सबैले आशा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ