पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्ड"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पार्टीले टिकटमात्रै दिए फलेवास २ थापाठानामा नेकाको झण्डा फरफराउँछ

२०७३, २९ चैत्र मंगलवार ११:५३

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्डारी कुवँरले दाबेदारी गरेका छन् । नेपाली काँग्रेसमा ०४६ सालबाटनै लागेका उनी यतिबेला संघीय गणतन्त्र अन्तरगत बैशाख ३१ मा हुन लागेको स्थानीय तहको चुनावमा होमिने सुरसारमा देखिएका छन् । उनी सो क्षेत्रको बलियो उम्मेदवारका रुपमा समेत गनिएका छन् ।

पार्टीबाट टिकट मिलाउनको लागि र आफ्नो चुनावी प्रचारप्रसारका साथै आफ्नो पक्षमा माहोल बनाउनको लागि उनी यतिबेला लागि परेका छन् । वडा अध्यक्षको लागि उनको धौडधुप चलिरहेको छ भने सोही अनुसार मतदाताहरुलाई आफ्नो पक्षमा पार्नको लागि समेत उनले जागरण अभियान थालेको बुझिएको छ । 


थापाठानामा आफ्नो बचश्र्व कायम रहेको भन्दै उनले दाबेदारी गरेका छन् । राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका भण्डारी वडा अध्यक्षको टिकट पार्टीले दिए आफ्नो विजय सुनुश्चित भएको बताउँछन् ।

भण्डारीले पार्टीले टिकट मात्रै दिए काँग्रेसको झण्डा थापाठानामा फहराउने सोचमा छन् । भूतपूर्व शैनिक संघ पर्वतका जिल्ला सचिव समेत रहेका भण्डारी सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति पनि हुन् । उनी रोटरी क्लब अफ पर्वतका संस्थापकका साथै डाइरेक्टर समेत हुन् । त्यतिमात्रै नभएर उनी उद्योग बाणिज्य संघ जिल्ला शाखा पर्वतको कार्यसमिति सदस्यमा रही काम गरेका छन् । 

बाजेको सेकुवा कर्नरका संचालक समेत रहेका भण्डारी चुनावको लागि धौडधुप गरेका छन् । सोही अनुसार आफूले टिकट पाउनेमा समेत उनि विश्वस्त देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से