पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्ड"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पार्टीले टिकटमात्रै दिए फलेवास २ थापाठानामा नेकाको झण्डा फरफराउँछ

२९ चैत्र २०७३, मंगलवार ११:५३

पर्वत । स्थानीय तहको चुनावको मिति नजिकिएसँगै दाबेदारी दिनेहरुको संख्या त्यहिनै मात्रैमा बढ्न थालेको छ । हरेक गाउँ तथा नगरपालिकाको वडाहरुमा समेत नेतृत्व छनोटको प्रक्रिया चलिरहेको बेलामा फलेवास २ थापाठानाको वडा अध्यक्षको लागि नेपाली काँग्रेसको तर्फबाट नवराज भण्डारी कुवँरले दाबेदारी गरेका छन् । नेपाली काँग्रेसमा ०४६ सालबाटनै लागेका उनी यतिबेला संघीय गणतन्त्र अन्तरगत बैशाख ३१ मा हुन लागेको स्थानीय तहको चुनावमा होमिने सुरसारमा देखिएका छन् । उनी सो क्षेत्रको बलियो उम्मेदवारका रुपमा समेत गनिएका छन् ।

पार्टीबाट टिकट मिलाउनको लागि र आफ्नो चुनावी प्रचारप्रसारका साथै आफ्नो पक्षमा माहोल बनाउनको लागि उनी यतिबेला लागि परेका छन् । वडा अध्यक्षको लागि उनको धौडधुप चलिरहेको छ भने सोही अनुसार मतदाताहरुलाई आफ्नो पक्षमा पार्नको लागि समेत उनले जागरण अभियान थालेको बुझिएको छ । 


थापाठानामा आफ्नो बचश्र्व कायम रहेको भन्दै उनले दाबेदारी गरेका छन् । राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका भण्डारी वडा अध्यक्षको टिकट पार्टीले दिए आफ्नो विजय सुनुश्चित भएको बताउँछन् ।

भण्डारीले पार्टीले टिकट मात्रै दिए काँग्रेसको झण्डा थापाठानामा फहराउने सोचमा छन् । भूतपूर्व शैनिक संघ पर्वतका जिल्ला सचिव समेत रहेका भण्डारी सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति पनि हुन् । उनी रोटरी क्लब अफ पर्वतका संस्थापकका साथै डाइरेक्टर समेत हुन् । त्यतिमात्रै नभएर उनी उद्योग बाणिज्य संघ जिल्ला शाखा पर्वतको कार्यसमिति सदस्यमा रही काम गरेका छन् । 

बाजेको सेकुवा कर्नरका संचालक समेत रहेका भण्डारी चुनावको लागि धौडधुप गरेका छन् । सोही अनुसार आफूले टिकट पाउनेमा समेत उनि विश्वस्त देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता