३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुपाल्चोकमा निर्वाचनको चहलपहल सुरु

२९ चैत्र २०७३, मंगलवार १२:०७

राम केसी चैत २९, चौतारा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकमा चहलपहल सुरु भएको छ ।

निर्वाचनमा आ–आफ्नो पक्षमा मतदातालाई आकर्षित तुल्याउन राष्ट्रिय पार्टीका नेता तथा कार्यकर्ता गाउँ गाउँमा प्रचारप्रसार अभियानमा जुट्न थालेका छन् । गाउँपालिका र नगरपालिकाको विभिन्न पदमा चाहना राख्नेहरु प्रशस्त भए पनि दलहरुले अझै उम्मेदवार छनोटको टुङ्गो लगाइसकेका भने छैनन् ।

वडा–वडाबाट सिफारिस पठाउने काम भइरहेकाले आगामी वैशाख ४ गतेभित्र उम्मेदवारको टुङ्गो लगाइने नेपाली काँग्रेसका जिल्ला सभापति विकास लामा बताउँछन् । यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाल सबै उम्मेदवारको छनोटको टुङ्गो वैशाख ७ गतेदेखि १० गतेसम्म लगाइने बताउँछन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा उम्मेदवारको छनोटको टुङ्गो यही महिनाभित्र लाग्ने बताउँछन् । हालसम्म अरु पार्टीले महिला उम्मेदवारलाई वडा सदस्य र उपप्रमुख पदमा मात्र सीमित राख्ने बताइरहेका बेला माओवादी केन्द्रले भने बलेफी गाउँपालिकाको प्रमुखमा महिला उम्मेदवार उठाउने प्रयास भइरहेको सापकोटाले बताए । 

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता निकै उत्साहित देखिएका छन् । जिल्लामा ९५२ जना म्यादी प्रहरी नियुक्त गरिएको र उनीहरुलाई आन्तरिक प्रशिक्षण दिन थालिएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए । 

चीनसँग सीमा जोडिएको जिल्ला भएकाले विगतको प्रचलन र केन्द्रीय नीतिअनुसार नै सुरक्षा व्यवस्था अपनाइने उनको भनाइ छ । जिल्लामा कुल ५६६ पद मध्ये महिला उम्मेदवार २०६ जनाले भाग लिन पाउने जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले जानकारी दिए । 

दुई लाख एक हजार ४१४ मतदाता छन् भने तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा १४४ मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयमा २० वटा दल दर्ता छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता