पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ । 

बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ । 

बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाशिलामा एमाले र काँग्रेस परित्याग गरी माओवादीमा प्रवेश गर्नेको लर्को

२९ चैत्र २०७३, मंगलवार १२:४४

पर्वत । स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टी परित्याग गर्ने र प्रवेश गर्नेको भीड लाग्न थालेको छ । 

बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी नेकपा माओवादी केन्द्रले जागरण अभियान चलाइरहेको बेलामा एमाले र काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लाग्न थालेको हो । सदरमुकाम कुश्मामा नयाँ शक्तिका ५ केन्द्रिय सदस्य सहित २५ जना जिल्ला तथा क्षेत्र स्तरका नेताहरु केन्द्रमा प्रवेश गरेको खबर सेलाउन नपाउँदै गाउँगाउँमा पनि माओवादीमा प्रवेश गर्नेको लर्को लाग्न थालेको हो । 

महाशिला गाउँपालिका १ होश्राङ्दीको वडा भेलामा एमालेका सक्रिय सदस्य दलबहादुर नेपालीको नेतृत्वमा ७ जना सदस्यहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीमा प्रवेश गर्नेहरुमा  लक्ष्मी गुरुङ, धनकुमारी गुरुङ, कृष्ण विक, रेशु गुरुङ, सुवास विक, सावित्रि गुरुङ रहेका छन् भने काँग्रेसबाट सक्रिय सदस्य  प्रेमराज भुषाल सहित तीन जना प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । 

वडा भेलाले  पदमबहादुर क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ वडा कमिटि समेत गठन गरेको छ । कमिटिको सचिवमा दिनेश गुरुङ, कोषाध्यक्षमा तील कुमारी राना  रहेका छन् । भने पाटीले वडा इन्चार्जका रुपमा दुर्गा शारु लाई चयन गरेको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम सन्देशको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्दै गौतमले जसको एजेण्डा उसको जित हुने दाबी गरे । उनले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टीका रुपमा उदाउने समेत दाबी गरे । गौतमले माओवादीले क्रान्तिकारी मिशन शुरु गर्दा राखेका एजेण्डाहरु अहिले माओवादीकै सरकारबाट पुरा हुन लागेको र यसलाई स्थागत गर्नको लागि सवै एक हुनुपर्नेमा जोड दिए । 

केहि राजनीतिक दलहरु राष्ट्रियताको खोल ओडेर देशलाई अस्थीरतामा लैजान र चुनावलाई रोक्नको लागि भित्रभित्र जाल बुन्न थालेको भन्दै अब जनताले चिन्ने बेला आएको बताए । उनले यसपालीको चुनावमा माओवादी केन्द्रको एजेण्डाहरु कार्यन्वयनमा आएका कारण पूर्ण रुपमा विजय भैसकेको र अब मात्रै जनताले फेरी एकपटक सावी गर्ने बेला आएको बताए । 

Image may contain: 13 people, people standing and outdoor

देशलाई अन्धारमा राखेर दलाली गर्नेहरु अझै पनि देशलाई विखण्डनतिर लैजानको लागि सक्रिय रहेको भन्दै उनले ठूला दलहरुमापनि सिके राउतको जस्तो प्रबृत्ति देखिन थालेको बताए । 

महाशिला गाउँपालिका संयोजक दुर्गा तमूले तोकिएकै मितिमा स्थानीय तहको चुनाव सम्पन्न गराउनको लागि सरकार तयार भएकोले चुनावमा माओवादी केनद्रलाई विजय गराउनको लागि सवै लाग्नुपर्ने बताए । उनले महाशिला गाउँपालिकालाई समृद्ध बनाउनको लागि माओवादी केन्द्रसँग मात्रै एजेण्डा रहेको र अन्य दलहरुसँग भोट माग्नको लागि एजेण्डा समेत नरहेको बताए ।

समृद्ध नेपाल निर्माण बनाउनको लागि  र नागरिकका हक अधिकार स्थापित गर्नको लागि जनयुद्ध थालेको माओवादीका एजेण्डाहरुको जीत भैसकेकोले नागरिकहरुले आफ्ना अधिकार रक्षाका लागि पनि माओवादी केन्द्रमा भोट दिनुको विकल्प नरहेको बताए ।

दुर्गा बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संचालक पदम बहादुर क्षेत्रीले गरेका थिए ।

यसैविच कुश्मा नगरपालिका ३ दुर्लुङमा माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ । भिमराज पाध्याको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन भएको । जसको उपाध्यक्षमा नारायण भारती, सचिवमा खिमकुमारी शर्मा, कोषाध्यक्षमा चन्द्र कुमारी विक रहेका छन् ।

 त्यस्तै सदस्यहरुमा गणेश सुनार, दयाराम सार्की, नेत्र थापा, सेते सार्की, भिमबहादुर गुरुङ, निलकण्ठ शर्मा र देवी परियार रहेका छन् ।

केन्द्रिय सदस्य रामप्रसाद पराजुलीको आथित्यतामा भएको उक्त कार्यक्रममा बोल्दै पराजुली कुनै पनि हालतमा चुनाव हुने र सोही अनुसार केन्द्रको विजय गराउनको लागि एक जुट हुनुपर्नेमा जोड दिए । उनले बोल्नेहरुलाई सुनौ र काम गर्नेलाई चुनौ भन्दै देश विकासको एजेण्डा भएको दललाई मतदान गर्न र गराउन आग्रह गरे । भिमराज पाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको संचालन लालबहादुर तमू र स्वागत निलकण्ठ शर्माले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की