२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

त्रिपुरा सुन्दरी नगरपालिकामा एमालेले प्रमुख र उप—प्रमुखको नाम तोक्यो

२०७३, ३० चैत्र बुधबार ०९:०८

टेक शाही/चैत ३०, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकामा मंगलबार बसेको एमाले नगरकमिटीको बैठकले त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उप—प्रमुखको उम्मेद्वारको नाम शिफारिष् गरेको छ ।

त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट बगर बजारमा भएको उक्त छलफलबाट नगर प्रमुखमा दुईजनाको नाम जिल्लाकमिटीमा शिफारिष् गरेको नगरकमिटी त्रिपुराकोटले जानकारी दिएको छ । शिफारिष ्हुनेमा ओम बहादुर बुढा र विमाकर पहाडी रहेको त्रिपुरा सुन्दरी नगरकमिटीका सह—संयोजक बिस्वचन्द्र डसालले जानकारी दिनुभयो ।

छलफलहुनु भन्दा अगाडी तुलाचन्द्र बुढा,बौद्ध सिंह कठायत,जन रोकाय,छक्क धरलाको नाम नगर प्रमुखको उम्मेद्वारको रुपमा चर्चामा आएपनि गत मंगलबारको छलफलले सहमतिय आधारमा पहाडी र बुढालाई शिफारिष् गरेको सह—संयोजक डसालले जानकारी दिनुभयो ।

नगरपालिका को महिलाको तर्फबाट उप—प्रमुखको एक्लो उम्मेद्वारको रुपमा चन्द्रा कुमारी बुढाको नाम शिफारिष् गरिएको डसालले जानकारि दिनुभयो ।छलफलहुनु भन्दा अगाडी उप—प्रमुखमा पद्मा बुढाको नाम समेत चर्चामा आएको थियो ।

मंगलवारको छलफलपछि नगर प्रमुखको शिफारिषमा परेका बुढाले ०६४ को सांसद् चुनावमा  एमालेको तर्फबाट चुनाव लड्नुभएको हो भने बुढा पुर्व जिविस सभापति समेत हुनुहुन्छ । नगर प्रमुखमै शिफारिष हुनुभएका अर्का उम्मेद्वार पहाडी भने युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

जिल्लाकै मुख्य स्थानीय निकायको रुपमा चर्चा पाएको यस नगरपालिकामा मुख्यतः काङ्ग्रेस एमालको प्रतिसपर्धाहुने आँकलन गरिएको छ । स्थानीय चुनावमा आ—आफ्नो दलले चुनाव जित्ने दाबी गर्दै मुख्य प्रतिसपर्धी काङ्ग्रेस,एमाले र मावबादी घरदैलो अभियानमा जुटेकाछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने