३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

त्रिपुरा सुन्दरी नगरपालिकामा एमालेले प्रमुख र उप—प्रमुखको नाम तोक्यो

३० चैत्र २०७३, बुधबार ०९:०८

टेक शाही/चैत ३०, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकामा मंगलबार बसेको एमाले नगरकमिटीको बैठकले त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उप—प्रमुखको उम्मेद्वारको नाम शिफारिष् गरेको छ ।

त्रिपुरा सुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट बगर बजारमा भएको उक्त छलफलबाट नगर प्रमुखमा दुईजनाको नाम जिल्लाकमिटीमा शिफारिष् गरेको नगरकमिटी त्रिपुराकोटले जानकारी दिएको छ । शिफारिष ्हुनेमा ओम बहादुर बुढा र विमाकर पहाडी रहेको त्रिपुरा सुन्दरी नगरकमिटीका सह—संयोजक बिस्वचन्द्र डसालले जानकारी दिनुभयो ।

छलफलहुनु भन्दा अगाडी तुलाचन्द्र बुढा,बौद्ध सिंह कठायत,जन रोकाय,छक्क धरलाको नाम नगर प्रमुखको उम्मेद्वारको रुपमा चर्चामा आएपनि गत मंगलबारको छलफलले सहमतिय आधारमा पहाडी र बुढालाई शिफारिष् गरेको सह—संयोजक डसालले जानकारी दिनुभयो ।

नगरपालिका को महिलाको तर्फबाट उप—प्रमुखको एक्लो उम्मेद्वारको रुपमा चन्द्रा कुमारी बुढाको नाम शिफारिष् गरिएको डसालले जानकारि दिनुभयो ।छलफलहुनु भन्दा अगाडी उप—प्रमुखमा पद्मा बुढाको नाम समेत चर्चामा आएको थियो ।

मंगलवारको छलफलपछि नगर प्रमुखको शिफारिषमा परेका बुढाले ०६४ को सांसद् चुनावमा  एमालेको तर्फबाट चुनाव लड्नुभएको हो भने बुढा पुर्व जिविस सभापति समेत हुनुहुन्छ । नगर प्रमुखमै शिफारिष हुनुभएका अर्का उम्मेद्वार पहाडी भने युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।

जिल्लाकै मुख्य स्थानीय निकायको रुपमा चर्चा पाएको यस नगरपालिकामा मुख्यतः काङ्ग्रेस एमालको प्रतिसपर्धाहुने आँकलन गरिएको छ । स्थानीय चुनावमा आ—आफ्नो दलले चुनाव जित्ने दाबी गर्दै मुख्य प्रतिसपर्धी काङ्ग्रेस,एमाले र मावबादी घरदैलो अभियानमा जुटेकाछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही