पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा गठित परिचालन समितिको २०१ सदस्यीय सचिवालय समिति गठन गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा गठित परिचालन समितिको २०१ सदस्यीय सचिवालय समिति गठन गरेको"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

भूकमा माओवादी केन्द्रको २०१ जनाको निर्वाचन समिति

२०७३, ३१ चैत्र बिहीबार ०८:२०

 पर्वत । ने.क.पा. (माओवादी केन्द्र) ले पर्वतको भूक ताङ्लेमा २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार भूकमा सम्पन्न भेलाले डिलप्रसाद गुरुङको संयोजकत्वमा गठित परिचालन समितिको २०१ सदस्यीय सचिवालय समिति गठन गरेको छ । 

समितिको सचिवमा तुलाराम दर्जी रहेका छन् । माओवादी केन्द्रले निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ । परिचालन समितिको सचिवालयमा जुमकुमारी गुरुङ, खुसीराम गुरुङ, हरिप्रसाद आचार्य, पदमबहादुर गुरुङ, टेकबहादुर गुरुङ, तीर्थबहादुर पुन, धनबहादुर परियार, आइतसिंह नेपाली, विष्णुभक्त गुरुङ, प्रेमबहादुर पुन, बुद्धिमान गुरुङ, श्रीप्रसाद गुरुङ, कृष्ण परियार, पदमबहादुर परियार, सुरेश गुरुङ, बिनोद गुरुङ, यामप्रसाद गुरुङ, प्रतापसिंह परियार, आइतसिंह परियार, लक्ष्मण गुरुङ, लालबहादुर गुरुङ, मैसु बि.क., जोनिसा परियार, गौमति परियार, सबिता बि.क., ध्रुव परियार, सीता परियार, शर्मिला परियार, बिमला परियार, कमला परियार, श्यानी बि.क., पुजा परियार, हाउसबहादुर परियार, बिमला परियार, लक्ष्मी परियार रहेका छन् । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.0-0/p526x296/

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता मनहरि तिमिल्सिनाले विकास र समृद्धिको प्रष्ट मार्गचित्र भएको र सबैलाई मिलाएर अघि बढाउने नेताले मात्रै गाउँपालिकाको मुहार फेर्नसक्ने बताए । तिमिल्सिनाले भने, ‘मोदी गाउँपालिका अथाह सम्भावनायुक्त गाउँपालिका हो । जनताले विकास, समृद्धि, रोजगारी र आफ्नो दैनिक जीवनमा परिवर्तन चाहेका छन्, हामीले जनताको भावना बुझ्नुछ, विकास र समृद्धिको नेतृत्व गर्नुछ । सबै पार्टी र शक्तिहरुलाई मिलाएर मोदीको मुहार फेर्नु छ । राजनीतिक संघर्ष र झमेला छोडेर विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्नु छ । त्यसका लागि विकासको प्रष्ट मार्गचित्र र सबैसँग हातेमालो गर्ने नेतृत्व खोज्नुपर्दछ ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता तथा मोदी गाउँपालिका अध्यक्ष मनबहादुर पौडेल, सचिव गंगा तिमिल्सिना, नेताहरु भीमप्रसाद शर्मा, जयबहादुर अखेली, चीजकाजी गुरुङ, डिलप्रसाद गुरुङ, तुलाराम दर्जी लगायतका नेताहरुले राजनीतिक परिवर्तन, आर्थिक समृद्धि र विकासको मार्गचित्र माओवादी केन्द्रसँग भएकाले आगामी निर्वाचनमा माओवादीको विजय अनिवार्य भएको बताए ।

Image may contain: 10 people, crowd and outdoor


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से