नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

वाइसिएल जाग्यो अब शिकार गरेरमात्रै बस्छ ः देवकोटा

२०७४, ३ बैशाख आईतवार ०८:१०


नेकपा माअ‍ोवादी केन्द्रको भातृसंगठन वाइसिएल प्रदेश ४ का इन्चार्ज एवं केन्द्रिय सदस्य सुमन देवकोटाले वाइसिएल अब जागेको बताएका छन् । बाघले ४ घण्टा शिकार गर्ने र बाँकी २० घण्टा आराम गर्ने भन्दै अब आरामबाट वाइसिएल शिकारको लागि निस्की सकेको  बताए ।

 उनले पार्टीले वाइसिएललाई रोकेका कारण मात्रै बाघको झै निद्रामा बसेको र यहि मौकामा देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता मौलाएको भन्दै अब त्यसको रोकथामको लागि वाइसिएल जागिसकेको बताए । उनले बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गरी वाइसिएल अब गाउँगाउँ पस्ने र आफ्नो लालकिल्ला बनाएर मात्रै बस्ने भन्दै अब वाइसिएल जागेको बताएका हुन् ।
Image may contain: 3 people, indoor

शनिबार कुश्मामा भएको माओवादी केन्द्रको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब कुनै पनि हालतमा माओवादी केन्द्रको जीत हुनुपर्ने भन्दै वाइसिएललाई एकिकृत भएर बाघको झै शिकारमा निस्कनको लागि आग्रह गरे ।

अब सुत्ने बेला हैन शिकार गर्ने बेला हो, गाउँगाउँ पस्नुपर्छ र आफ्नो लाल किल्ला बनाएर मात्रै आराम गर्नुपर्छ तब मात्रै देशले निकास पाउँछ उनले भने ।

गुण्डाहरु बोकेर हिड्ने राजनीतिक दल र एजेण्डा नभएकाहरुलाई भोट दिने कुनै पनि आधार नभएको भन्दै जसको एजेण्डा उसैको जित सुनुश्चित हुनुपर्नेमा उनले जोड दिए । वाइसिएलले अब गाउँगाउँमा पुगेर माओवादी केन्द्रले ल्याएका एजेण्डाको बारेमा प्रचारप्रसार गरी आफ्नो लालकिल्ला बनाउनको लागि जाग्नुपर्ने बेला आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से