पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट मेयरमा आफूले टिकट पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट मेयरमा आफूले टिकट पा"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

नेपाली काँग्रेस फलेवास नगरपालिकाको उम्मेदवारमा भुसाल दावेदारी

४ बैशाख २०७४, सोमबार ०५:०८

पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट उपमेयरमा आफूले टिकट पाउनुपर्ने दावी प्रस्तुत गरेकी छिन् ।

उनले आफू विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसमा होमिएको बताउँदै नेपाल विद्यार्थी संघ र तरुण दलको लामो अनुभवले आफूलाई पार्टीमा खारिएर लाग्न प्रेरणा मिलेको बताइन् । कक्षा ८ बाट नेपाल विद्यार्थी संघमा आवद्ध भुसाल नेपाल विद्यार्थी संघ पर्वत जिल्ला कार्यसमितिको कोषाध्यक्ष, गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै नेपाली काँग्रेसको १२औं महाधिवेशनमा क्षेत्रीय सदस्यमा अत्याधिक मतले विजयी भएकी थिइन् । उनी नेपाली काँग्रेसको १३औं महाधिवेशनमा समेत महिला प्रतिनिधिमा भारी मतले जियी भएकी महाधिवेशन प्रतिनिधिमा चयन भएकी थिइन् । भुसाल हाल तरुण दलको केन्द्रीय पार्षद समेत हुन् । 


भुसाललले आफ्नो दावेदारी रहने बताउँदै भोट माग्न गाउँगाउँ जान थालेपछि नेपाली काँग्रेस फलेवासमा मेयरका लागि महिला उम्मेदवारको संख्या तीन पुगेको छ । यस अघि नै रेखा गुरुङ र राधा कुँवर क्षेत्रीले आफूहरुको समेत नेपाली काँग्रेसको तर्फबाट मेरयरमा शसक्त दावेदारी रहेको भन्दै टिकटका लागि लविङ थालिसकेका छन् । उसो त पुरुष उम्मेदवारहरुको समेत मेयरमा ठूलै भीड रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’