पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट मेयरमा आफूले टिकट पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट मेयरमा आफूले टिकट पा"/>
२०८२, २ चैत्र सोमबार
पर्बत - PBT

नेपाली काँग्रेस फलेवास नगरपालिकाको उम्मेदवारमा भुसाल दावेदारी

२०७४, ४ बैशाख सोमबार ०५:०८

पर्वत । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरुबाट युवा पुस्ताले दावेदारी प्रस्तुत गरिरहेका बेला नेपाली काँग्रेसका युवा नेता मुना भुसालले नेपाली काँग्रेस फलेवास नगरपालिकाको तर्फबाट उपमेयरमा आफूले टिकट पाउनुपर्ने दावी प्रस्तुत गरेकी छिन् ।

उनले आफू विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसमा होमिएको बताउँदै नेपाल विद्यार्थी संघ र तरुण दलको लामो अनुभवले आफूलाई पार्टीमा खारिएर लाग्न प्रेरणा मिलेको बताइन् । कक्षा ८ बाट नेपाल विद्यार्थी संघमा आवद्ध भुसाल नेपाल विद्यार्थी संघ पर्वत जिल्ला कार्यसमितिको कोषाध्यक्ष, गुप्तेश्वर बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष हुँदै नेपाली काँग्रेसको १२औं महाधिवेशनमा क्षेत्रीय सदस्यमा अत्याधिक मतले विजयी भएकी थिइन् । उनी नेपाली काँग्रेसको १३औं महाधिवेशनमा समेत महिला प्रतिनिधिमा भारी मतले जियी भएकी महाधिवेशन प्रतिनिधिमा चयन भएकी थिइन् । भुसाल हाल तरुण दलको केन्द्रीय पार्षद समेत हुन् । 


भुसाललले आफ्नो दावेदारी रहने बताउँदै भोट माग्न गाउँगाउँ जान थालेपछि नेपाली काँग्रेस फलेवासमा मेयरका लागि महिला उम्मेदवारको संख्या तीन पुगेको छ । यस अघि नै रेखा गुरुङ र राधा कुँवर क्षेत्रीले आफूहरुको समेत नेपाली काँग्रेसको तर्फबाट मेरयरमा शसक्त दावेदारी रहेको भन्दै टिकटका लागि लविङ थालिसकेका छन् । उसो त पुरुष उम्मेदवारहरुको समेत मेयरमा ठूलै भीड रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार