पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी वि"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

जिल्लाभरमा मेयर दाबी गर्ने एक्ली महिला राधाकुमारी

४ बैशाख २०७४, सोमबार ०८:१४

पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी विजयी राधाकुमारी कुँवरले फलेबास नगरपालिकाको प्रमुख (मेयर)मा दाबी गरेकी हुन्।


 पेशाले शिक्षक उनी दुई महिनाअघि राजीनामा दिएर प्रचार अभियानमा जुटेकी हुन्।

कांग्रेस, एमाले र माओवादीमा दुई दर्जन बढी महिला नेतृ सक्रिय रहेपनि काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवारको आकांक्षी कुँवर एक्ली हुन्। काँग्रेस महासमिति सदस्य कुँवर पाटीले उम्मेदवार नतोक्दै घरदैलो अभियानमा सक्रिय भएकी हुन्। उनले दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा अन्य कुनै महिलाले दाबी नगरेकोले फलेबास नगरपालिकामा पार्टीले उम्मेदवार बनाउनेमा आफु ढुक्क रहेको बताइन्।

जिल्लाभरमा मेयर दाबी गर्ने एक्ली महिला राधाकुमारी


‘एकजना महिलालाई पार्टीले प्रमुखमा नपत्याउला जस्तो मलाई लाग्दैन’ उनले भनिन्–‘टिकट पाएमा अत्यधिक मतले विजयी हुन्छु।’ पेशाले शिक्षक उनी दुई महिनाअघि राजीनामा दिएर प्रचार अभियानमा जुटेकी हुन्। ११ वटा वडा रहेको फलेबास नगरपालिकामा काँग्रेसबाट सचिव युक्तप्रसाद श्रेष्ठ, पूर्वमहासमिति सदस्य गंगाराज शर्मा, नेता कृष्ण गौडेल, थमनसिंह थापा आकांक्षी छन्। उनले आफ्नो दाबी प्रमुखमै रहेको र उपप्रमुखमा चुनाव नलड्ने घोषणा गरेकी छन्।नागरिक दैनिकमा खबर छ ।


‘उपप्रमुखमा पार्टीले टिकट दिए पनि लड्दिन, मेरो दावी प्रमुखमै हो’ उनले भनिन्–‘मलाई मेयरमा टिकट दिएर जिल्लाभरका महिलालाई पार्टीले सम्मान गर्नेमा विश्वस्त छु।’ जिल्लामा प्रमुख पदमा दाबी गर्ने कुँवर काँग्रेसकी बलियो उम्मेदवार हुन्। फलेबास नगरपालिकामा महासमिति सदस्य गंगाधर तिवारीको पनि चर्चा छ। उनले आफू उम्मेदवार नहुने बताउँदै आएका छन्।


विशेषगरी काँग्रेस र एमालेबीच प्रतिष्पर्धा रहेको फलेबास नगरपालिकामा दुवै पार्टीमा आकांक्षीहरुको हानथाप चर्को छ। १९ हजार दुई सय २४ जना मतदाता रहेको फलेबास नगरमा एमालेबाट मोती पौडेल, पदमपाणी शर्मा, पूर्ण गौतम, रामेश्वर गौतमले दाबी गरेका छन्।


पर्वतमा गाउँ र नगरपालिका मध्ये पैंयू गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुखमा खगेन्द्रप्रसाद तिवारी र उपप्रमुखमा जसमती गुरुङलाई छनौट गरेको छ। काँग्रेसले ६१ वडा मध्ये दर्जन वडामा अध्यक्ष टुंग्याएको छ। एमालेले आधा दर्जन वडा अध्यक्ष टुंग्याएको जनाएको छ। कांग्रेस र एमाले दुबैले एकअर्काले कस्तो उम्मेदवार उठाउछन् भन्नेमै जोडघटाउमा लागेको ती पार्टीनिकटस्रोतले जनाएको छ।

-

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’