पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी वि"/>
२०८२, २ चैत्र सोमबार
पर्बत - PBT

जिल्लाभरमा मेयर दाबी गर्ने एक्ली महिला राधाकुमारी

२०७४, ४ बैशाख सोमबार ०८:१४

पर्वत— दलहरुमा उम्मेदवार छनौटको प्रक्रिया चल्दा प्रमुखको उम्मेदवार दाबी गर्ने महिला जिल्लामा एक जना मात्रै देखिएकी छन्। नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कुनै गुटमा नपरी स्वतन्त्र उम्मेदवारी दिएर सबैभन्दा बढी मत प्राप्त गरी विजयी राधाकुमारी कुँवरले फलेबास नगरपालिकाको प्रमुख (मेयर)मा दाबी गरेकी हुन्।


 पेशाले शिक्षक उनी दुई महिनाअघि राजीनामा दिएर प्रचार अभियानमा जुटेकी हुन्।

कांग्रेस, एमाले र माओवादीमा दुई दर्जन बढी महिला नेतृ सक्रिय रहेपनि काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवारको आकांक्षी कुँवर एक्ली हुन्। काँग्रेस महासमिति सदस्य कुँवर पाटीले उम्मेदवार नतोक्दै घरदैलो अभियानमा सक्रिय भएकी हुन्। उनले दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा अन्य कुनै महिलाले दाबी नगरेकोले फलेबास नगरपालिकामा पार्टीले उम्मेदवार बनाउनेमा आफु ढुक्क रहेको बताइन्।

जिल्लाभरमा मेयर दाबी गर्ने एक्ली महिला राधाकुमारी


‘एकजना महिलालाई पार्टीले प्रमुखमा नपत्याउला जस्तो मलाई लाग्दैन’ उनले भनिन्–‘टिकट पाएमा अत्यधिक मतले विजयी हुन्छु।’ पेशाले शिक्षक उनी दुई महिनाअघि राजीनामा दिएर प्रचार अभियानमा जुटेकी हुन्। ११ वटा वडा रहेको फलेबास नगरपालिकामा काँग्रेसबाट सचिव युक्तप्रसाद श्रेष्ठ, पूर्वमहासमिति सदस्य गंगाराज शर्मा, नेता कृष्ण गौडेल, थमनसिंह थापा आकांक्षी छन्। उनले आफ्नो दाबी प्रमुखमै रहेको र उपप्रमुखमा चुनाव नलड्ने घोषणा गरेकी छन्।नागरिक दैनिकमा खबर छ ।


‘उपप्रमुखमा पार्टीले टिकट दिए पनि लड्दिन, मेरो दावी प्रमुखमै हो’ उनले भनिन्–‘मलाई मेयरमा टिकट दिएर जिल्लाभरका महिलालाई पार्टीले सम्मान गर्नेमा विश्वस्त छु।’ जिल्लामा प्रमुख पदमा दाबी गर्ने कुँवर काँग्रेसकी बलियो उम्मेदवार हुन्। फलेबास नगरपालिकामा महासमिति सदस्य गंगाधर तिवारीको पनि चर्चा छ। उनले आफू उम्मेदवार नहुने बताउँदै आएका छन्।


विशेषगरी काँग्रेस र एमालेबीच प्रतिष्पर्धा रहेको फलेबास नगरपालिकामा दुवै पार्टीमा आकांक्षीहरुको हानथाप चर्को छ। १९ हजार दुई सय २४ जना मतदाता रहेको फलेबास नगरमा एमालेबाट मोती पौडेल, पदमपाणी शर्मा, पूर्ण गौतम, रामेश्वर गौतमले दाबी गरेका छन्।


पर्वतमा गाउँ र नगरपालिका मध्ये पैंयू गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुखमा खगेन्द्रप्रसाद तिवारी र उपप्रमुखमा जसमती गुरुङलाई छनौट गरेको छ। काँग्रेसले ६१ वडा मध्ये दर्जन वडामा अध्यक्ष टुंग्याएको छ। एमालेले आधा दर्जन वडा अध्यक्ष टुंग्याएको जनाएको छ। कांग्रेस र एमाले दुबैले एकअर्काले कस्तो उम्मेदवार उठाउछन् भन्नेमै जोडघटाउमा लागेको ती पार्टीनिकटस्रोतले जनाएको छ।

-

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार