http://sajhasabal.com/uploads/contents/thumbs/योङ्ग कम्युनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://sajhasabal.com/uploads/contents/thumbs/योङ्ग कम्युनि"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

एमाले माओवादीको बर्ग दुश्मन हो– दीपशीखा

६ बैशाख २०७४, बुधबार ०७:२७

http://sajhasabal.com/uploads/contents/thumbs/योङ्ग कम्युनिष्ट लिग (वाईसीयल) नेपालका केन्द्रिय संगठन बिभाग प्रमुख राम प्रसाद साप्कोटा दिपशिखाले नयां संबिधानमा प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि स्थानिय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रले जित्नुपर्ने बताएका छन् । वाईसियल नेपाल बागलुङको एकता भेला तथा चौथो जिल्ला सम्मेलनको आज बागलुङमा उद्घाटन गर्दै उनले मुलुकको बिकास र परिवर्तनका लागि सबै भन्दा बढि रगत माओबादी केन्द्रले बगाएको दाबी समेत गरे ।

उनले वर्तमानको माओबादी केन्द्रको सबैभन्दा ठुलो वर्ग दुश्मन एमाले रहेको आरोप लगाउदै गणतन्त्र र संघियताको नारा सहित हिजो जनयुद्धमा बगाएको रगतलाई महिलाको प्रशव पीडाको रगत संग तुलना गर्ने एमालेहरुमा कुनै राजनीतिक सच्चा चरित्र नभएकोले आगामी निर्वाचनमा सहकार्य गर्न नसकिने स्पष्ट पारे ।

उनले भने हाम्रो सबै भन्दा ठुलो दुश्मन अहिले एमाले देखिएको छ , माओबादीलाई सिद्धाउन खोज्ने र सत्तोसराप गर्नेहरुसंग सहकार्य हुदैन ।

पछिल्लो राजनितिक परिवेसमा वाईसियलहरु ज्ञानी बन्दा एमाले काङ्गेसले त्यसको नाजायज फाईदा लिन खोजेको चर्चा गर्दै वाईसियल नेता दिपशिखाले आगामी दिनमा वाईसियल ज्ञानी बन्न नसक्ने बताए । उनले ०४६ साल पछिको करिब २४ बर्ष काङ्गेस एमालेले सरकारको नेतृत्व गर्दा मुलुकका महत्वपुर्ण नदीनाला र उद्योग धन्दा बेचेको आरोप समेत लगाए ।

सो अवसरमा नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला संयोजक फमलाल निउरे, वाईसियल नेपालका ४ नम्वर ईन्चार्ज सुमन देबकोटा, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य एबं जिल्ला सह ईन्चार्ज चन्द्र बहादुर बुढा सागर, केन्द्रिय सदस्य प्रकाश घर्ति, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य कोपिला कंडेल र अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पदम खत्रि लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

अधिवेशनले झमान पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय योङ्ग कम्य्ुनिष्ट लिग (वाईसीयल) जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अरबीन थापा, राजन कुमार पाईजा, बिपिन बिक, सचिव धुर्व चोखाल,सहसचिव रमेस घर्ति, मिलन रेश्मी मगर, याम बहादुर थापा र कोषाध्यक्ष सबिना धर्ती लगायत ६५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन भएको वाईसियलले जनाएको छ । कार्यक्रम वाईसियल नेपालका केन्द्रिय सदस्य एबं बागलुङ्ग जिल्ला संयोजक नरेस केसीको अध्यक्षता, उपाध्यक्ष अरबिन थापाको स्वागत मन्तब्य र सचिव झमान कुमार पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’