पर्बत. पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्बत. पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम"/>
३ माघ २०८२, शुक्रबार
पर्बत - PBT

कुश्मा नगरकोे उपमेयरमा जिज्ञासुको दावी

८ बैशाख २०७४, शुक्रबार ११:०७

पर्बत. पर्बतको कुश्मा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट सरस्बती शर्मा जिज्ञासुले दावी गरेकी छिन् । २०४२ सालको आन्दोलनबाट सक्रिय राजनितिमा प्रबेश गरेकी उनले आफुले अहिले सम्म नेपालि काग्रेसमा रहेर प्राप्त गरेको ज्ञान, सिप र क्षमतालाई जनताको सेबामा लगाउने प्रतिबद्धता जनाएकी छिन् ।

सरकारले आगामी ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसंगै निर्वाचनको माहौल बन्दै गएपछि उनले पनि उपमेयरमा दाबा गर्न थालेकी हुन । पार्टीको काम गरेर धेरै अनुभव प्राप्त गरिसकेको बताउँदै उनले एकपटक जनताको सेवा गर्ने सोच बनाएको बताईन । २०४५ साल देखि २ बर्ष सम्म र्खुकोट गाउँ कार्य समितिको सदस्य भएर निरन्तर रुपमा काम गर्देै आएकी उनी २०४८ सालमा गुप्तेश्वर बहुमुखि क्याम्पसको स्बबियु निर्बाचित कोषाध्यक्ष समेत बनेकी थिईन । नेपालि काग्रेसको सक्रिय सदस्य रहेकी उनी बिभिन्न सामाजीक संघसंस्थाहरुमा समेत संलन्न रहेर उदारहणिय कार्यहरु गर्देै आएकी छिन् । नेपाल महिला संघ जिल्ला कार्य समिति पर्बतको सचिब समेत रहेकी उनि नेपाल महिला संघ, नेपाल तरुण दल, तथा नेपाल प्रेस युनियनको महाधिबेशन प्रतिनिधी समेत रहेकी छिन्  ।

Image may contain: 1 person, standing and outdoor

नेपालि काग्रेसमा रहेर धेरै लामो समय काम गर्देै आएको अनुभबलाई संगालेर नै आफु उपमेयरमा दाबा गरेको उनले बताईन । मेयरमा पनि दाबा गर्न आफ्नो क्षमता हुदा हुदै पनि सबैको सजिलोका लागि आफु उपमेयरमा उठेको उनको भनाई छ । सबैको चाहना अनुसार नै आफू उम्मेदवार बन्न चाहेको बताउँदै मेयरमा नभई उपमेयरमा उठेपनि आफ्नो जित सुनिश्चित रहेको र सधै जनताको सेबामा लाग्ने प्रतिबद्धता ब्यक्तm गरिन । उनले पार्टिले आफुले गरेको कामको कदर गरेको भन्दै उपमेयरमा पार्टिले जुनसुकै हालतमा  टिकट दिलाउने कुरामा उनि बिश्वस्त रहेकी छिन् ।

स्थानिय तहको निर्बाचन मात्र नभएर माघ ७ गतेसम्म तीनवटा निर्वाचन गरिसक्नुपर्ने छ, अन्य निर्वाचनमा अरुलाई अवसर दिएर जिताउने आफ्नो जिम्मेवारी रहने उनको भनाई छ ।  पुरुषको जत्तिको अधिकार महिलाहरुको पनि रहेको भन्दै स्थानीय तहको निर्वाचनमा पनि पार्टीले त्यस अनुसारको अनुपातमा टिकट दिनुपर्ने उनको तर्क छ । महिलाका लागि संविधानमा केही अधिकार दिएको भएपनि त्यसलाई व्यवहारिक कार्यान्वयन गर्न समस्या भएको उनको भनाई छ । महिलाले जिम्मेवारी लिएका जुनसुकै ठाउँमा पनि आफ्नो कर्तव्य पूरा गरेको बताउँदै उनले महिलालाईै सधैं सकारात्मक रुपले हेर्न समेत आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’