स्थानीय तहको चुनाव आउन अब २३ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु मेयर उपमेयरको छनोटमा जुटिरहेका छन् । शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवार छनोटमा चर्को विवाद देखिएको । आकांक्षीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्थानीय तहको चुनाव आउन अब २३ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु मेयर उपमेयरको छनोटमा जुटिरहेका छन् । शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवार छनोटमा चर्को विवाद देखिएको । आकांक्षीक"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

माओवादी केन्द्रबाट कुश्मा नगरपालिकामा मेयरको टिकट कसले पाउला ?

८ बैशाख २०७४, शुक्रबार १४:४०

महेन्द्र केसी/पर्वत ।स्थानीय तहको चुनाव आउन अब २३ दिन बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु मेयर उपमेयरको छनोटमा जुटिरहेका छन् । शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा उम्मेदवार छनोटमा चर्को विवाद देखिएको । आकांक्षीको संख्या बढी भएका कारण पनि तीन पार्टीलाई उम्मेदवार चयन गर्नको लागि हम्मेहम्मे परेको अबस्था छ । यसैविच कुश्मा नगरपालिकाबाट मेयरमा नेकपा माओवादीबाट दुइ जना युजाहस्तीले दाबेदारी गरेका छन् । 

नेकपा माओवादी केन्द्रको तर्फबाट ढाकाराम गौतम  र शंकर गिरीले दाबी गरेका छन् । माओवादी केन्द्रले भोली (शनिबार) उम्मेदवारको टुंगो लगाउने जनाएको छ । जसका कारण पनि उम्मेदवारी दिएकाहरु विच सहमति गराउनको लागि पार्टी पंक्ति लागि परेको देखिन्छ । सहमतिकै आधारमा उम्मेदवार चयन गर्नको लागि पार्टी पंक्ति लागेता पनि दुवै जना मेयरको लािग दाबी गरेपछि र एक अर्को पछि नहट्ने देखिएपछि अब कसरी माओवादी केन्द्रले यी दुइ मध्ये एकलाई मेयरमा छनोट गर्छ भन्ने प्रश्न पनि कार्यकर्ताहरु विच उत्पन्न भएको छ ।

उपमेयरमा पनि दुइ महिला तारा रिजाल पराजुली र कमला सुवेदीले दाबी गरेका छन् जसका कारण पनि महिलाहरुमा पनि विवाद देखिएको छ । माओवादी केन्द्रभित्रको आन्तरिक विवादले गर्दा पनि पार्टीमा मेयर उपमेयरको टुंगो लाग्न सकेको छैन ।

को हुन ढाकाराम गौतम ?

Sandesh Gautam's Profile Photo, Image may contain: 3 peopleवि.सं २०४९ सालमा भारतको तामेलनाडू प्रदेशको हुसुरबाट अखिल भारत नेपाली एकता समाजहुदै राजनीतिक करियर शुरु गरेका कुश्मा नगरपालिका १२ ठूलीपोखरीका ढाकाराम गौतम यतिबेला नेकपा माओवादी केन्द्रको तर्फबाट कुश्मा नगरापालिकाको मेयरको प्रत्याशिका रुपमा  चर्चामा छन् । 


२०५३ सालमा भारतबाटै माओवादीको सदस्यता लिएका गौतम २०५४ सालमा पूर्णरुपमा माओवादी आन्दोलनमा होमिन पुगे । भारतमै नेपाली जनअधिकार सुरक्षा समिति तामेलनाडू प्रदेशको अध्यक्ष समेत भएका गौतम  २०६१ सालमा जनयुद्धका क्रममा रोल्पा दाङ हुदै शसस्त्र जनयुद्धमा होमिए ।


२०६३ सालमा तत्काली नेकपा माओवादीको जिल्ला सचिवालय सदस्य हुदै पूर्ण रुपमा राजनीतिमा होमिका उनी २०७१ मा नेकपा माओवादी केन्द्रको सचिव पदको जिम्मेवारी लिदै अहिले माओवादी केन्द्रको केन्द्रिय सदस्य भएका छन् ।  स्थानीय तहको चुनाव नजिकिएसँगै कुश्मा नगरपालिकाको मेयरका लागि माओवादी केन्द्रबाट चर्चामा रहेका उनी टिकट प्राप्त गर्नेमा विश्वस्त छन् ।


को हुन शंकर गिरी ?


Shankar Giri's Profile Photo, Image may contain: 1 person, beard and closeupवि.स २०५६ सालमा विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका कुश्मा नगरपालिका ६ का शंकर गिरी यतिबेला कुश्मा नगरपालिकाको मेयरको लागि आकांक्षी देखिएका छन् । माओवादी केन्द्रले नगरपालिकाको मेयरको रुपमा सम्भावना र बलियो पात्रको रुपमा लिइनेमा गिरी देखिएका छन् । 

पोखारा पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा देखि अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका गिरी सोही क्याम्पसमा विद्यार्थी संगठनको सचिव हुदै पर्वत जिल्लामा विद्यार्थी संगठनको अध्यक्ष समेत बने । २०६५ सालमा तत्कालीन नेकपा माओवादी कास्कीको जिल्ला सदस्यताबाट पूर्ण रुपमा राजनीतिमा होमिएका उनी माओवादी केन्द्रको सचिवालय सदस्य हुदै अहिले कुश्मा नगरपालिकाको नगर संयोजकका रुपमा समेत काम गरिरहेका छन् ।

पछिल्लो चरणमा जिल्लामा केन्द्रिय तहबाट विकास निर्माणका लागि बजेट निकासा गर्नेमा युवा राजनीतिक व्यक्तित्व गिरीको पार्टीले युवाहरुलाई परिचालन  गर्नेमा उनी विश्वस्त छन् । छोटो समयमा नै नगर संयोजकका रुपमा काम गर्न पाएका उनी पार्टीले कुश्मा नगरपालिकाको मेयरकालागि खडा गरे लड्ने सोचमा छन् । 

जनयुद्ध कालदेखि विद्यार्थी राजनीति गरेका उनी अहिले पार्टीको चुनाव प्रचारप्रसारको अभियानमा तिब्र रुपमा लागि परेका छन् ।

जिल्लाको विकासको लागि स्थानीय तथा केन्द्रिय तहका नेताहरुसँग समन्वय गरेर सोही अनुसार बजेट भित्राउन सफल भएका उनी विकास प्रेमी नेताका रुपमा पनि गनिन्छन् । युवाहरुलाई अगाडि उभ्याउनुपर्छ भन्ने मान्यता राख्ने गिरी युवाहरुलाई अग्रपंक्तिमा राख्नको लागि तल्लीन देखिन्छन् ।

कुश्मा नगरपालिकाको दुइ पटक सम्म संयोजकको जिम्मा पाएका उनी मेयरको टिकट पनि आफैले पाउनेमा विश्वस्त छन् तर आन्तरिक रुपमा दुइ जनाको दाबेदारीले पार्टीलाई गम्भीर मोडमा ल्याएको छ ।

पार्टीले अब कसरी दुइ मध्ये एकलाई केका आधारमा चयन गर्छ वा प्रदेश वा केन्द्रंलाई सिफारिस गर्छ त्यो भने प्रतिक्षाको विषय  बनेको छ ।  माओवादी केन्द्र पर्वतको एकता र नतिजा निकाल्न र निकास दिनको लागि सक्ने क्षमता छ या छैन पनि अब भोलीको दिनले निर्धारण गर्ने पक्का देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट