पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् ।
४ माघ २०८२, शनिबार
पर्बत - PBT

जलजला गाउँपालिमामा तीनको दाबेदारी-टिकट नपाए पार्टीलाई असहयोग गर्ने धम्की

९ बैशाख २०७४, शनिबार १२:१४

पर्वत । जलजला गाउँपालिकाकामा माओवादी केन्द्रबाट तीन जनाले दाबेदारी गरेका छन् । स्थानीय तहको पुर्नसंरचना हुन लागेको आगामी बैशाख ३१ को चुनावमा उक्त क्षेत्रबाट मेयरको लागि माओवादीको तर्फबाट तीन जनाले दाबेदारी दिएका हुन् ।

 तीन जनालेनै आफूलाई शक्तिशाली र माथिल्लो योग्यता भएको भन्दै तीन जनाले दाबेदारी दिएपछि माओवादी केन्द्रको जलजला गाउँपालिकामा विवाद देखिएको छ । माओवादी केन्द्र एक जुट हुदै गाउँगाउँमा नागरिकलाई सचेतना जनाउन सक्ने हो भने माओवादी केन्द्रको पकेट क्षेत्रका रुपमा समेत उक्त गाउँपालिकालाई हेरिन्छ तर तीन जना मेयरको टकराबले प्राप्त हुने मत पनि हट्ने हो कि भन्ने पनि आशंका पैदा भएको छ । 

माओवादी केन्द्रबाट जलजला गाउँपालिकामा मेयरको लागि मनबहादुर कार्की, दिपक आचार्य र दुर्गा बहादुर दर्जीले दाबी गरीरहेका छन् । कार्की माझफाँट ३ का बासिन्दा हुन भने आचार्य धाइरिङ ७ र दर्जी पनि सोही साविक धाइरिङ गाविसका हुन् ।

विशेष स्रोतका अनुुुसार मनबहादुर कार्कीले आफूले मेयरको टिकट प्राप्त नगरे पार्टीलाई असहयोग गर्ने धम्की दिएको बुझिएको छ । मेयरको टिकट कुनै पनि हालतमा आफूले पाउनुपर्छ भन्दै उनले पार्टीलाई असहयोगको बातरण बनाउने भन्दै धम्की दिएका छन् ,एक उच्च स्रोतले भन्यो । स्रोतका अनुसार उनले पार्टीलाई असहयोग गरेतापनि माओवादीको जित हुने बताइएको छ ।

 नेपाली काँग्रेस र नेकपा एमाले स्थानीय तहको पुर्नसंरचना अनुसार उक्त क्षेत्रमा तय गरिएको केन्द्रको विवाद चुलीएपछि स्थानीयबासीले एमाले र काँग्रेसलाई भोट नदिनेमा देखिएका छन् । काँगेस र एमालेकै कारण केन्द्रको विवाद भएको भन्ने स्थानीय बासीको बुझाइ छ जसले गर्दा माओवादीलाई फाइदा हुने देखिएको छ । आयोगले माझफाँटको मल्लाजमा केन्द्र तोकेको थियो तर स्थानीयबासीले विरोध गरेपछि केन्द्र  धाइरिङको मिलनचोकमा सरेको थियो त्यसैले मल्लाज माझफाँटका स्थानीयबासी काँग्रेस र एमालेप्रति आक्रोशित छन् । उनीहरु मल्लाजमानै केन्द्र बनाउन सक्ने पार्टीलाई भोट दिने बताउँदै आएका छन् । तर अन्य वडाका बासिन्दा मल्लाज केन्द्रको विरोधी बनेका कारण पनि एमाले र काँग्रेसको भोट घट्ने र माओवादी केन्द्रलेनै जित्ने देखिन्छ । तर माओवादी भित्रनै पार्टीले मेयरको टिकट दिए सहयोग नत्र असहयोग गर्ने प्रतिसोधको भावना कारण भने ठूला दललेनै हत्याउने हुन कि भन्नेको अट्कलबाजी पनि बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’