पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्य"/>
४ माघ २०८२, शनिबार
पर्बत - PBT

पर्वतमा माओवादी केन्द्र र काँग्रेसबीच चुनावी तालमेल –केपी ओली प्रचण्ड गुहार्दै

१० बैशाख २०७४, आईतवार १०:२०

पर्वत । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वत जिल्लामा काँग्रेस र माओवादी केन्द्रका बीच तालमेलको तयारी सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको उपस्थितीमा आईतबार पहिलो चरणको छलफल भएको छ । एमालेलाई देशव्यापी रुपमा बडार्ने सोचका साथ नेपाली काँग्रेस र माओवादी केन्द्रले योजना बनाएको बुझिएको छ । जिल्लामा एमालेको पत्ता साफ गर्ने अभियान लिएर अब काँग्रेस र माओवादी एक हुन सक्ने संकेत देखिएको छ ।

माओवादी केन्द्रको रणनीति कसरी हुन्छ देशमा एमालेको पत्ता साफ गराउने अभियान स्वरुप केन्द्रिय तह देखि स्थानीय तहसम्म रणनीति तय हुन लागेको बुझिएको छ । 

शर्माका अनुसार पार्टीले अन्य दलहरुसँग मिलेर चुनाव लड्न सकिने गरि नीति तय गरेकाले स्थानीय आवश्यकता अनुसार तालमेल हुनसक्छ । माओवादी केन्द्रले जिल्लामा कुनकुन क्षेत्रमा जित हासिल गर्छ भन्दा पनि कसरी जाँदा एमालेको शेष रहदैन भन्ने सोचका साथ लविङ गर्न थालिएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँग मिलेर एमालेलाई देशभरी पराजय गर्ने रणनीति तय गरेको सुइको पाएपछि एमाले अध्यक्ष केपी ओली प्रचण्डलाई फकाउन थालेका छन् । ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई मिलेर जानको लागि आन्तरीक रुपमा फकाइरहेको बुझिएको छ । तर प्रचण्ड शेरबादुर देउवासाथमै रहेर एमाले सिध्याउने खेलमा रहेको देखिएको छ ।

भागबण्डकै आधारमा भएपनि काँग्रेस सँग गरे अगाडि बढ्ने माओवादीको योजनाले यतिबेला एमालेको सातो गएको छ । दुइ ठूला शक्ति मिलेर सत्ता पल्टाएको समयमा स्थानीय तहको चुनावमा पनि पल्टाउने हुन की भन्ने एमालेमा भय छ । त्यसैले पनि एमाले प्रचण्डलाई फकाउनको लागि परेको स्रोतको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’