पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत काँग्रेसमा टिकट वितरणमा गुटबन्दी, पौडेललाई बाबाजीका ठुल्लु

२०७४, १० बैशाख आईतवार १२:२६


पर्वत । नेपाली काँग्रेस पर्वतमा स्थानीय तहको चुनावको लागि टिकट वितरणमा गुटबन्दी हुन थालेको छ ।  स्थानीय तहको निर्वाचन नजिकिएसँगै पर्वत काँग्रेसमा टिकट बाँडफाँडको तयारी समेत जोड तोडका साथ अगाडी बढिरहेको बेलामा देउवा पक्षले पौडेल पक्षलाई जिल्ल पार्ने योजना सहित अगाडि बढेको बुझिएको छ ।  काग्रेस पर्वतमा देउवा पक्षलेले रामचन्द्र पौडेल पक्षलाई कुनै पनि तहको उम्मेदवारको टिकट नदिने जाल रच्न थालेको बुझिएको छ ।

तर काँग्रेस पर्वतको आधिकारीक स्रोतका अनुसार पर्वतमा देउवा पक्षको प्रभाव सबै तहमा पुगेको छ । पछिल्लो समय भएको भागबण्डमा समेत देउबा पक्षले ५ वटा तहमा र रामचन्द्र पौडेल पक्षले २ वटा तहमा पाउने सम्भावना रहेको छ ।


काँग्रेसमा पहिला देखिनै देउबा समूहको नेतृत्व गर्दै आएका नबराज गुरुङले आफ्नो पक्षलाई स्थापित गराउन लामो प्रयास गरेका छन् भने पछिल्लो समय देउबा लाईनमा आएका सांसद अर्जुन प्रसाद जोशी समेत आफ्ना पुराना सहयोगीहरुलाई स्थापित गराउने गरि तयारीमा जुटेका छन् । गुटपरिर्वतन गरेर देउवा प्यानलमा छिरेका सांसद समेत रहेका अर्जुनप्रसाद जोशीले आफ्नै पक्षधारका उम्मेदवारलाई टिकट दिने योजना बनाएको बुझिएको छ । सेतो सुर्यले खबर लेखेको छ ।


रामचन्द्र पौडेल समूहको नेतृत्व गर्ने रामचन्द्र जोशी आँफै कुस्मा नगरपालिकाको मेयरमा लड्ने तयारी गरिरहेकाले उनलाई सहयोग गर्ने शिर्ष नेता नभएकाले समस्यामा परेकाछन् । जोशीलाई समेत देउबा पक्षमा लाग्न दवाव आएको भएपनि उनी भने पौडेल समूहको तर्फबाट नै मेयर पदको उम्मेदवार बन्ने अडानमा लागेकाछन् । कुश्मा नगरपालिकाको मेयरको उम्मेदवारको लागि उनी जति चर्चामा आएपनि गुट परिर्वतन नगरे टिकट पुत्किने अटकलबाजी हुन थालेको छ ।  पछिल्लो समय काँग्रेस स्रोतका अनुसार रामचन्द्र जोशीलाई मेयर पदमा उम्मेदवार बन्न नदिन पुर्व पञ्च नेता डम्बर बहादुर मल्ल समेत लागेकाछन् । उनले काँग्रेस क्षेत्रीय सभापती गंगाधर शर्मालाई मेयर बनाउने लबिङ थालेपछि रामचन्द्र जोशीको सम्भावना समेत न्यून बन्दै गएको बुझिएको छ ।


उता कुस्मा नगरपालिकाको मेयरका दाबेदार बनेका डा. चुडामणी शर्मा समेतलाई पाखा लगाउने सम्भावना देखिएको छ । उनलाई देउवा पक्षले मेयर पदमा उम्मेदवार गराउने तयारी गरेको भएपनि अर्जुन प्रसाद जोशी समेतले गंगाधर शर्मालाई उम्मेदवार बनाउने तयारी गरेपछि डा. शर्माको सम्भावना हट्दै गएको छ । 


स्रोतका अनुसार पर्वतमा जलजला गाउँपालिका र फलेवास नरपालिकामा बाहेकका अन्य तहमा देउवा समूहले प्रमुखमा दाबी गरेको छ । सोही अनुसार टिकट वितरणको तयारी समेत भएको बुझिएको छ ।

यता  जलजला गाउँपालिकामा पौडेल समूहका कृष्ण केसी अध्यक्षमा र देउबा समूहका सिमा पुन उपाध्यक्षमा, कुस्मा नगरपालिकामा देउबा समूहका गंगाधर शर्मा मेयरमा र पौडेल समूहका सिता लामिछाने उप मेयरमा, मोदी गाउँपालिकामा देउबा समूहका विश्व प्रसाईँ अध्यक्षमा र पौडेल समूहका मिना केसी उपाध्यक्षमा टिकट पाउने संभावना रहेको छ ।


त्यस्तै फलेवास नगरपालिकाको मेयरमा पौडेल समूहका गंगाराज शर्मा मेयरमा र देउबा समूहका रेखा गुरुङ उप मेयरमा, महाशिला गाउँपालिकामा देउबा समूहका उज्वल गुरुङ अध्यक्षमा र देउबा समूहका सिर्जना मल्ल उपाध्यक्षमा, पैयू गाउँपालिकाको अध्यक्षमा देउबा समूहका खगेन्द्र तिवारी अध्यक्षमा टिकट पक्का गरिसकेकाछन् भने पौडेल समूहका जसमती गुरुङ उपाध्यक्षमा लड्दैछिन् ।


साथै बिहादी गाउँपालिकाको अध्यक्षमा देउबा समूहका आनन्द भुसाल र देउबा समूहकै देबी खड्का उपाध्यक्षमा टिकट पाउने सम्भावना रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार