पर्वत÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले आर्थिक समृद्धि र विकासको नेतृत्वका लागि आसन्न स्थानीय निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले मुलुकमा हालसम्म भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले आर्थिक समृद्धि र विकासको नेतृत्वका लागि आसन्न स्थानीय निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले मुलुकमा हालसम्म भएक"/>
२०८२, २ चैत्र सोमबार
पर्बत - PBT

विकास र समृद्धिको नेतृत्वका लागि चुनावमा काँग्रेसलाई बहुमत दिन नेता जोशीको जोड

२०७४, ११ बैशाख सोमबार ०८:३८

पर्वत÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले आर्थिक समृद्धि र विकासको नेतृत्वका लागि आसन्न स्थानीय निर्वाचनमा काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभएको छ । नेता जोशीले मुलुकमा हालसम्म भएका सबै परिवर्तनहरु नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै अब सम्पूर्ण जनताको आर्थिक समृद्धिका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

        नेता जोशीले नेपाली काँग्रेस जलजला गाउँपालिका अन्तरगत वार्ड नं ८ नाङ्लीवाङमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । ‘आफ्नो गाउँलाई कस्तो बनाउने भन्ने सम्पूर्ण अधिकार राज्यले स्थानीयस्तरलाई नै प्रत्यायोजन गरेको जानाकारी दिँदै नेता जोशीले विकासका सबै सम्भावना बोकेको जलजला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन काँग्रेसको नेतृत्व अपरिहार्य रहेको वताउनु भयो । उहाँले सिंहदरबार पुगेर खोज्नुपर्ने अधिकार अब स्थानीय तहमै आएको भन्दै नेता जोशीले काँग्रेसले स्पष्ट भिजन र योजनाका साथ चुनावमा जान लागेको वताउनु भयो । 

उहाँले काँग्रेसको नेतृत्वमा यो देशमा बाटो, बिजुली शिक्षा, स्वास्थ्य र कृषिमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै कम्युनिष्टहरुको सस्तो लोकप्रियता र भ्रामक नाराको पछि नलाग्न कार्यकर्ताहरुलाई सुझाव दिनुभएको थियो । उहाँले गाउँको विकासको जिम्मा आफूलाई लगाउन समेत आग्रह गर्नुभयो । 

नेपाली काँग्रेस नाङ्लीवाङका सभापति हरि विकास जिसीको सभापतित्वमा भएको उक्त चुनावी सभामा नेपाली काँग्रेस पर्वतका जिल्ला सचिव बिश्वप्रकाश प्रसाई, जिल्ला कोषाध्यक्ष यमबहादुर मल्ल रामकृष्ण, महासमिति सदस्य बसन्तबहादुर सिके, महासमिति सदस्य मिना केसी, जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञाशु, पूर्व जिविस उपसभापति राम शर्मा पौडेल, क्षेत्रीय सचिव कमल अधिकारी, क्षेत्रीय सदस्य विप्लव हमाल र नेपाली काँग्रेस जलजला गाउँ समन्वय समितिका संयोजक चन्द्रबहादुर जिसी लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस नाङ्लीवाङका सचिव भद्रबहादुर जिसी र कार्यक्रममको संचालन स्थानीय युवा ओमकार खड्काले गर्नुभएको थियो । सोही कार्यक्रममा एमाले र माओवादी परित्याग गरि एक सय तीन जना व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा नाङ्लीवाङमा रहेर विभिन्न कालखण्डमा पार्टीको नेतृत्व गर्ने पूर्व सभापति र अन्य काँग्रेस अगुवाहरुलाई अभिनन्दन समेत गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार