४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उम्मेदवार बन्न एकै जिल्लाबाट १२ शिक्षकले दिए राजीनामा

१३ बैशाख २०७४, बुधबार १२:१९

बैशाख १३, खोटाङ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका एक दर्जन शिक्षकले राजीनामा दिएका छन् । 

आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् । कतिपय शिक्षकले उम्मेदवार पाउने निश्चित भएपछि राजीनामा दिएका छन् भने कतिपयले पदबाट राजीनामा दिएर टिकटका लागि कसरत गरिरहेका छन् । 

जिल्ला शिक्षा कार्यालयका अनुसार सिम्पानी क्याम्पसका प्रमुख राजनप्रसाद ढकाल, माक्पा माविका शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता मावि बतासेका शिक्षक वसन्त राई, पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका शिक्षक विमल खड्का, सरस्वती प्रावि पौवासेराका शिक्षक हरिकुमार राई, हीरा प्रावि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय मावि बास्पानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्रावि मात्तिमका शिक्षक रोहित राई, शारदा मावि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्रावि सिमखर्क सुङ्देलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्कीले राजीनामा दिएका छन् । 

अस्थायी शिक्षकका रुपमा कार्यरत केशवराज कार्की, रोहित राई र यज्ञनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिनुभयो । अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको नेपालको भनाइ छ । 

उम्मेदवारका इच्छुक कतिपय शिक्षकले वैशाख ३ गतेअघि पनि राजीनामा दिइसकेको शिक्षा कार्यालयले जनाएको छ । पारिवारिक, घरायसी र व्यक्तिगत कारण देखाउँदै शिक्षकको राजीनामा आएको भएपनि अधिकांशले गाउँपालिका र वडा प्रमुखमा उठ्नका लागि राजीनामा दिएका स्रोतको दाबी छ । 

सरस्वती मावि डाँडाखर्क छितापोखरीको प्रधानाध्यापकबाट राजीनामा दिनुभएका कार्र्की र जनता मावि बतासेको जागीर छाड्नुभएका राई दिप्रुङ गाउँपालिकाको प्रमुखको टिकट हात पार्ने दौडधुपमा रहनुभएको छ । पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका प्रअबाट राजीनामा दिनुभएका खड्का एमालेका तर्फबाट दिप्रुङ गाउँपालिका–५ छितापोखरीबाट वडा प्रमुखमा उठ्ने तयारीमा रहनुभको स्रोतले जनाएको छ । 

स्रोत व्यक्तिको पद छाडेर ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा उठ्ने तयारी गर्नुभएका निरौला नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ । दिप्रुङ गाउँपालिकाको प्रमुखको दौडमा लाग्नुभएका कार्की हाल काँग्रेसका महासमिति सदस्यको भूमिकामा हुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै