२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

एमाले कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी गरे

२०७४, १४ बैशाख बिहीबार १२:३६

धिराज आर. सी./बैशाख १४, जाजरकोट । दुई दशकपछि हुँन गईरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेको पार्टी कार्यालयमा एमालेकै नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

 कुशे गाउँपालिकाका लागि अध्यक्षको उम्मेद्वार छनौट प्रक्रिया विपरित भएको भन्दै कुशे गाउँपालिकाका पार्टीका कार्यकर्ताले बिहीबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि कुशे गाउँपालिकामा नेकपा एमालेको अध्यक्षको उम्मेद्वार छनौट प्रक्रियामा पक्षपात र गुटबन्दीको भएको जिल्ला कमिटी सदस्य एवं पार्टी कार्यालय सचिव दीपबहादुर थापाले बताए ।

त्यसतै साविकको ढिमे गाविसमा मतदाता संख्या बढी भएकोले कुशे गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष ढिमेले पाउनुपर्ने दाबी गरेका थिए । दाबी गरे अनुरुप कुशे गाउँपालिकाको गाउँपालिका कमिटीले साविकको ढिमे गाविस समाईलाका प्रेमप्रसाद घर्तीलाई अध्यक्षमा सिफारिस गरेको थियो । 

घर्तीलाई अध्यक्षमा सिफारिस गरेपनि एमालेले भने अध्यक्षको टिकट  साविकको अर्छानी गाविसका तप्तबहादुर हमाललाई दिएको छ । नेकपा एमाले केन्द्रिय कमिटीको निर्णय अनुसार पार्टी प्रतिको योग्दान, जनमत योग्यता र क्षमताको कदर नगरी यस्तो निर्णय गरिएको भन्दै यसको न्यायोचित निर्णय नहुँदा सम्म ताला नखोल्ने साविकको ढिमे गाविसका नेकपा एमालेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने