४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

एमाले कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी गरे

१४ बैशाख २०७४, बिहीबार १२:३६

धिराज आर. सी./बैशाख १४, जाजरकोट । दुई दशकपछि हुँन गईरहेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेको पार्टी कार्यालयमा एमालेकै नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

 कुशे गाउँपालिकाका लागि अध्यक्षको उम्मेद्वार छनौट प्रक्रिया विपरित भएको भन्दै कुशे गाउँपालिकाका पार्टीका कार्यकर्ताले बिहीबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि कुशे गाउँपालिकामा नेकपा एमालेको अध्यक्षको उम्मेद्वार छनौट प्रक्रियामा पक्षपात र गुटबन्दीको भएको जिल्ला कमिटी सदस्य एवं पार्टी कार्यालय सचिव दीपबहादुर थापाले बताए ।

त्यसतै साविकको ढिमे गाविसमा मतदाता संख्या बढी भएकोले कुशे गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष ढिमेले पाउनुपर्ने दाबी गरेका थिए । दाबी गरे अनुरुप कुशे गाउँपालिकाको गाउँपालिका कमिटीले साविकको ढिमे गाविस समाईलाका प्रेमप्रसाद घर्तीलाई अध्यक्षमा सिफारिस गरेको थियो । 

घर्तीलाई अध्यक्षमा सिफारिस गरेपनि एमालेले भने अध्यक्षको टिकट  साविकको अर्छानी गाविसका तप्तबहादुर हमाललाई दिएको छ । नेकपा एमाले केन्द्रिय कमिटीको निर्णय अनुसार पार्टी प्रतिको योग्दान, जनमत योग्यता र क्षमताको कदर नगरी यस्तो निर्णय गरिएको भन्दै यसको न्यायोचित निर्णय नहुँदा सम्म ताला नखोल्ने साविकको ढिमे गाविसका नेकपा एमालेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद