टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।
२०७४ साल बैशाख ३१ गते सम्पन्न हुने"/>
टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।
२०७४ साल बैशाख ३१ गते सम्पन्न हुने"/>
टेक शाही/बैशाख १६, डोल्पा । तल्लो डोल्पाका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको २ दिने प्रशिक्षण सूरु भएको छ ।
२०७४ साल बैशाख ३१ गते सम्पन्न हुने डोल्पा जिल्लाको स्थानिय तहको निर्बाचनका लागी खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीहरुले निर्वाचन स्थलमा गएर निर्वाचनमा गर्नु पर्ने काम अधिकार लगायतका बिषयमा प्रशिक्षण दिएको छ ।
शनिबारबाट सूरु भएको तालिममा काईके गाँउपालिका,ठुली भेरि नगरपालिका, त्रिपूरा सुन्दरि नगरपालिका, मुड्केचुला गाँउपालिका र जगदुल्ला गाउपालिकाका मतदान अधिकृत र सहयाक मतदान अधिकृतहरु रहेका छन ।
प्रत्यक मदान केन्द्रमा मतदान अधिकृत एक जना सहायक मतदान अधिकृत एक जना र ३ जना सहायक कर्मचारि गरि कुल ५ जना कर्मचारिहरु खटाइएको छ । १९ बर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा सरकारको तयारि दैनिक तिव्र हुदै गएको छ ।
२ नगरपालिका र ६ गाउपालिका रहेको डोल्पा जिल्लामा कुल ६६ वटा मतदान केन्द्र रहेका छन । ६६ वटा मतदान केन्द्रमा प्रति मतदान केन्द्रमा ५ जनाका दरले ३ सय ३० जना निजामति कर्मचारि र शिक्षक परिचालन गर्न लागिएको निर्वाचान कार्यालय डोल्पाले जानकारि दिएको छ ।
सरकारले बैशाख ३१ मा तोकेको स्थानिय तहको निर्वाचनमा निष्पक्ष धाँदलि रहित स्वच्छ निर्वाचनका लागि भन्दै निर्वाचनमा खटिने कर्मचारिहरुलाइ निर्देशन समेत दिएको छ । जिल्लामा रहेका सबै मतदान केन्द्रमा कर्मचारिहरु बैशाख २७ गते सम्म पुगी सक्नु पर्ने र २९ र ३० गते मतदाताको परिचय पत्र बितरण गर्नु पर्ने छ । स्थानिय तह निर्वाचनको लागि अति सम्बेदन शिल मानिएका मदतान केन्द्रमा नेपाली सेनाको प्रयोग गर्ने छ ।