पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

माओवादी केन्द्र, एमाले र राजमो वीच चुनावी तालमेल– यस्तो छ पदीय भागबण्डा

१७ बैशाख २०७४, आईतवार ०८:३२


पर्वत ।  स्थानीय तहको निर्वाचनका मिति नजिकिएसँगै राजनीतिक दलहरु संयुक्त प्यानल निर्माण गरी चु्नावमा होमिने तयारी गरिरहेका छन् । शीर्ष दलहरुनै संयुक्त रुपमा प्यानल निर्माण गरी चुनावमा होमिन लागेका हुन् यसै विच देशभर संयुक्त सरकार बनाएको काँग्रेस र माओवादी केन्द्रविच संयुक्त प्यानल निर्माणको तयारी भैराखेको बेलामा बाग्लुङमा भने बामपन्थी दलहरु विच संयुक्त प्यानल बन्ने बलियो सम्भावना देखिएको छ । लामो माथापच्ची पछी बागलुङ जिल्लामा क्रियाशील बाम दलहरु आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर जाने सहमति नजिक पुगेका छन् । कुनै बिग्रह नपरे आज कुनै पनि समय बाम एकताको घोषणा हुने श्रोतको दाबी छ ।


बागलुङ जिल्लाका चार नगरपालिकाहरु मध्य बागलुङको मेयरमा एमाले, उमपेयरमा माओवादी केन्द्र, गल्कोटको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले, जैमिनी र ढोरपाटनको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा क्रमश एमाले र माओवादी केन्द्रलाई दिने सहमति भएको बुझिएको छ ।


यसैगरी काठेखोला र बडीगाड गाउपालिकाको प्रमुखमा एमाले, निसीखोला, ताराखोला र तमानखोला गाउपालिकाको प्रमुखमा माओवादी केन्द्र र बरेङ गाउपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको बामबृत्तमा चर्चा छ ।


यस अघी नेपाली काँग्रेस र माओवादी केन्द्रवीच केहि नगर र गाउपालिकामा सहमति भएको समाचार प्रकाशमा आएको थियो । पछिल्लो समय तीन बाम दलवीच चुनावी तालमेल बनेपछी काँग्रेर र माओवादी केन्द्रवीचको गठजोड बेकार हुने स्पष्ट भएको छ ।


एमाले र जनमोर्चाले आफना उमेदवारहरुको नाम यसअघिनै सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्रबाट को, को उमेदवार हुने भन्ने आज घोषणा हुनसक्ने समाचार श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता