बैशाख १९, पर्वत । स्थानीय तहको निर्वाचनको लागि पहिलो चरणमा आज नामवली दर्ताको अभियान चल्दै छ ।
पहिलो चरणमा हुन लागेको बैशाख ३१ गतेको चुनावलाई लक्षित गरी राजनीतिक दलहरुले आफ्नो नामवली दर्ता गर्ने क्रम जारी छ । यसै विच पर्वतमा भने सातैवटा गाउँ तथा नगरपालिका मा तीन शीर्ष दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख तथा उपप्रमुखको नामवली बाहिर आएको छ ।
दुइ नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा कार्यपालिकामा प्रमुख तथा उपप्रमुखको नामवली प्रकाशनमा आएको छ ।