२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाए

२०७४, १९ बैशाख मंगलवार १४:५४

बैशाख १९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनका लागि डडेल्धुरामा ९ दलले चुनाव चिह्न पाएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा दर्ता भएका १३ दलमध्ये नौँ वटा दलले मात्रै चुनाव चिह्न पाएका हुन् ।

स्थानीय तहको निर्वाचनका लागि चुनाव चिह्न पाउने दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन् ।

त्यस्तै, नेकपा माले, नेकपा संयुक्त, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र संघिय समाजवादी फोरम नेपाल पार्टीले चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीलिप कुमार तामाङले जानकारी दिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलमध्ये नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रीक पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीले चुनाव चिह्न पाएका छैनन् ।

संघिय समाजवादी फोरम नेपाल पार्टी जिल्ला निर्वाचन कार्यालयमा दर्ता नभएको  र निर्वाचन आयोगले मतपत्रमा उक्त पार्टीको चुनाव चिह्न राखेर पठाएकाले उक्त पार्टीले पनि चुनाव चिह्न पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तामाङले बताउनु भएको छ ।

संघिय समाजवादी फोरम नेपाल पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेको हुन सक्ने र त्यही भएर उसले चुनाव चिह्न पाएको उनले बताएका छन् । चुनाव चिह्न नपाएका दलले पनि स्वतन्त्र रुपमा चुनाव लड्न पाउने र सोहीअनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका २७ दलले मात्रै चुनाव चिह्न पाएको बताउँदै सूचना अधिकारी तामाङले चुनाव चिह्न नपाएका दलहरु संसद्मा प्रतिनिधित्व नगर्ने भएकाले उनीहरुले चुनाव चिह्न नपाएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म